नाला सफाईमा आफै जुटे वडाध्यक्ष देवकोटा

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र प्रशाद देवकोटा नाला सफाईमा जुटेका छन् । वर्षादको समय सुरु भएसँगै डुबान प्रभावित हुने क्षेत्रका नाला सफाईमा वडाध्यक्ष देवकोटा खटिएका हुन् । मंगलबार वडाध्यक्ष देवकोटासहितको टोलिले वर पिपल क्षेत्रको नाला सफाई गरेको छ ।

स्थानीयको मागपछि वडा कार्यालयले नाला सफाई लागि नगरपालिकालाई आवश्यक साधन र जनशक्ती उपलब्ध गराउन माग गरेको थियो । तर नगरपालिकाबाट सहयोग नभएपछि वडाध्यक्ष आफैले नाला सफाईका लागि अग्रसरता लिएका हुन् ।
‘वडाका धेरै जसो ठाउँमा नाला पुरिएर डुबानको जोखिम बढेको छ ।’ वडाध्यक्ष देवकोटाले भने नाला सफाईका लागि वडा कार्यालयले अग्रसरता लिएको छ, त्यसका लागि नगरपालिकालाई पनि बारम्बार आग्रह गरिएको हो ।’


वडा कार्यालय नाला सफाई सुरु गरेपछि मात्रै नगरपालिकाले डोजर पठाएको वडाध्यक्ष देवकोटाले बताए ।
वडा कार्यालयले वर्षाले परिएका नाला सफाईका लागि झाडी, बुट्यान हटाएको छ । भीमदत्त–१८ को सालघारी नाला, भासी नाला, भगतपुर, पत्थरपुर, गोबरैया नाला लगाएत नालामा खोला अतिक्रमित र पुरिएकोले बाढीको जोखिम रहेको वडाध्यक्ष देवकोटाले बताए । अतिक्रमण रोक्न र नाला सफाईका लागी नगरपालिकालाई आग्रह गरिएको उनको भनाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्