अभिव्यक्ति स्वतन्त्रताबारे प्रेस चौतारी कञ्चनपुरद्धारा अन्तर संवाद

महेन्द्रनगर । प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाले जनताको बहुदलीय जनवाद’ र अभिव्यक्ति स्वतन्त्रताबारे अन्तर संवाद कार्यक्रम सम्पन्न गरेको छ । प्रेस चौतारीले ‘जनताको बहुदलीय जनवाद’ का प्रणेता मदन भण्डारीको ७१ औँ जन्म जयन्तीको अवसरमा जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गरिको हो ।


संगठनको केन्द्रीय सर्कुलर अनुसार अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको प्रेस चौतारी कञ्चनपुरका सचिव मदन गिरीले बताए । उनका अनुसार जननेता मदन भण्डारीको जन्म जयन्तीको अवसर पारेर देशव्यापी कार्यक्रम अन्तरगत उक्त अन्तर संवाद आयोजना गरिएको हो ।
कार्यक्रमा बोल्दैँ मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद नेकपा(एमाले) पार्टि लगायत विश्वका कम्यूनिष्ट घटकहरुको मार्ग निर्देशक सिद्धान्त बनेको अकुरावका वरिष्ठ उपाध्यक्ष विष्ण अवस्थीले बताए । त्यसैगरी नेकपा(एमाले) जिल्ला अध्यक्ष सुरेन्द्र विष्टले अहिले देश मदन भण्डारीले प्रतिपादन गरेको जबजको सिद्धान्तले मार्ग दर्शन गरेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका विष्टले अहिले देशमा जनताको बहुदलिय जनवाद लागु भएता पनि उक्त सिद्धान्तलाई विफल बनाउन सामाजिक सञ्जाल लगायतका विभिन्न प्रविधिमा अपवाह फैलाईएको बताए । उनले सामाजिक सञ्जालमा आएका झुट्टा कुराका भरमा धारणा बनाउन नहुने भन्दैँ सत्य तथ्य बुझेर कलम चलाउन पनि उनले आग्रह गरे ।

साथै प्रेस चौतारीले सामाजिक र राष्ट्रिय महत्वको विषयमा अन्तर संवाद कार्यक्रम चलाउनु पर्नेमा उनले जोड दिए ।
प्रेस काउन्सिल नेपालका सदस्य हरि प्रशाद जोशीले अभिव्यक्ति स्वतन्त्रता संविधानको व्यवस्था रहेको भन्दैँ त्यसको वकालतमा पत्रकारको महत्वपुर्ण भुमिका रहने बताए ।
प्रेस चौतारी नेपाल कञ्चनपुर अध्यक्ष लक्ष्मण पन्तको अध्यक्षता आयोजना गरिएको कार्यक्रमको सञ्चालन सचिव मदन गिरीले गरेका थिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्