महेन्द्रनगर । कञ्चनपुरका सामाजिक अभियान्ता ईश्वर दत्त जोशीले दोस्रो आमरण अनसन सुरु गरेका छन् । सोमबारबाट संघियता खारेजीको मागसहित १५ बुदेँ माग राखेर जोशी आमरण अनसन बसेका हुन् ।
गत बैशाख २६ गते तीन दिने अनसन बसेका जोशीले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडी अनिश्चतकालिन आमरण अनसन थालेका हुन् ।
जोशी संविधानमा भएका व्यवस्थाको पुर्ण कार्यान्वयसँगै भ्रष्टाचार नियन्त्रण, किसानलाई मलको व्यवस्थापन, निर्मला पन्तको हत्यारा पत्ता लगाउनु पर्ने लगायतका माग राख्दैँ अनसन सुरु गरेको हुन् ।
२०६८ मा सविंधान सभाको म्याद थप्न नहुने भन्दैँ अनसन बसेका सामाजिक अभियान्ता जोशी तेस्रो पटक अनसन बसेका हुन् ।
उनले संघियता खारेजीको मागसहित प्रत्यक्ष जन निर्वाचित राष्ट्रपति व्यवस्था गर्नुपर्ने, सघिय सांसदको संख्या घटाउनु पर्ने, किसान आयोग गठन हुनुपर्ने, राजनितिक दलका चुनावि एजेण्डा पुर्ण कार्यान्वयन गराउने पर्नेमा माग राखेका छन् ।
आफ्नो माग सम्बोधन नभएसम्म अनसन जारी रहने उनले बताए ।
यस्तो छ ज्ञापन पत्र