बाजुराको बुढीगंगामा पुनः मतदान रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौंः २३ असारमा पुनः मतदान तोकिएको बाजुराको बुढीगंगा नगरपालिकामा ३० वैशाखमै भएको मतदानको मतगणना गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। सर्वोच्च अदालतले बाजुराको बुढीगंगा नगरपालिकामा ३० वैशाखमै भएको मतदानको मतगणना गर्ने आदेश दिन अस्वीकार गरेको छ।
बुढीगंगाका मतदाता दलबहादुर सावदले यसअघि मतदान भएको मतपेटिकाबाट मतगणना गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका थिए। मंगलबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासले यसअघिकै मतदानको मतगणना गर्ने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
सर्वोच्चको यो निर्णयसँगै निर्वाचन आयोगलाई २३ असारमा बुढीगंगामा पुनः मतदान गर्न बाटो खुलेको छ। ३० वैशाखमा भएको निर्वाचनमा मतदान केन्द्रमा बुथ कब्जा भएको पुष्टि भएको भन्दै आयोगले ३० वैशाखमा भएको मतदान रद्द गरी पुनः मतदानको नयाँ मिति तोकेको थियो।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्