राजस्व छलीको अभियोगमा २७ जनाविरुद्ध २२ करोड बिगो दावी गर्दै मुद्दा दायर

काठमाडौँ — राजस्व अनुसन्धान विभागले राजस्व छलीको अभियोगमा विभिन्न कम्पनीका सञ्चालक, कर्मचारी र कारोबारीसहित २७ जना विरुद्ध मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध उच्च अदालत पाटनमा विभागले मुद्दा दायर गरेको हो । मालवस्तु पठाउँदा ढुवानी साधनको अनुगमन प्रणालीमा प्रविष्ट गरेको तर ती मालवस्तु खरिद गर्नेले बिना बिलबिजक बुझेको, खरिद र बिक्री नजनाई भन्सार, आयकर, मूल्यअभिवृद्धि कर र लाभांश लगायतका राजस्व नतिरेको विभागले जनाएको छ ।
मुद्दा दायर गरिएका २७ जनालाई २२ करोड १९ लाख रुपैयाँ बराबर बिगो माग दावी गर्दै जरिवानासहित ४४ करोड ३८ लाख रुपैयाँ सजाय माग गरिएको छ । मुद्दा दायर गरिएकाहरुमा पशुपति रोड क्यारियर्सका संचालकहरु महेन्द्रप्रसाद गुप्ता, राजेन्द्रप्रसाद गुप्ता, मधुकुमारी गुप्ता र कर्मचारीहरु उपेन्द्रकुमार सिंह, अन्जियन आलम छन् । त्यस्तै मनकामना सप्लायर्सकी प्रोप्राइटर रेखा जैसवाल, कारोबारी राकेशप्रसाद जैसवाल, सुद्रानिया इम्पेक्सका प्रोप्राइटर भरतकुमार अग्रवालविरुद्ध मुद्दा दायर भएको छ ।
मुद्दा पर्ने अन्यमा आरएनएस इन्टरनेसनलका संचालक अमित प्रधान, व्यवस्थापक सुजित महर्जन, कर्मचारी श्यामप्रसाद बस्याल, अरुण क्लोथ सपका प्रोप्राइटर चन्द्रबहादुर श्रेष्ठ, कर्मचारी जयबहादुर भट्ट, मुख्य कारोबारी भारतीय नागरिक अभिषेक कुमार छन् । एनए इम्पेक्सकी प्रोप्राइटर रिमा केडिया, मुख्य कारोबारी सुभासचन्द्र अग्रवाल, एआर साडी कलेक्सनका प्रोप्राइटर भारतीय नागरिक सोहन शाह, कारोबारी नन्दनकुमार, एजिलिटी मार्केटिङका सञ्चालक तीर्थराज पुरी, खुसी साडी कलेक्सनकी किरणदेवी साह, एचएमडीएम इन्टरप्राइजेजका सुरेश श्रेष्ठ, राजकुमार एण्ड सन्सका राजकुमार अग्रवाल, मिलाप सिंघलविरुद्ध पनि मुद्दा दायर भएको छ । न्यू उत्सव ट्रेड कन्सर्नका लिला गौतम, कारोबारी दामोदर रिमाल, फेसन ब्वाई सेन्टरका दिनेश्वरकुमार ओझा र सोही कम्पनीका सुमितकुमार डाल्मियाविरुद्ध मुद्दा दायर भएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्