निर्वाचन आयोगको निष्कर्ष: मंसिर २ मा आमनिर्वाचन गर्न उपयुक्त

काठमाडौँ — निर्वाचन आयोगले मंसिर २ गते संघीय तथा प्रदेश प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिने भएको छ । आयोग स्रोतकाअनुसार बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी मिति सिफारिस गर्ने तयारी गरेको छ । प्रधानमन्त्री देउवासँग बुधबार भेटका लागि आयोगका पदाधिकारीहरुले समय लिइसकेका छन् ।
आयोगले मंसिर ५ गतेका लागि पनि निर्वाचन वैकल्पिक मिति हुने औंल्याएको छ तर पहिलो प्राथमिकता भने मंसिर २ का लागि भएको आयोग स्रोतले बतायो ।
मंसिर ५ गतेभन्दा पछि निर्वाचन गर्न प्राविधिकरुपमा कठिन हुने आयोगको प्रारम्भिक आकलन छ । आयोगले जुन मिति भए पनि निर्वाचन एकै चरणमा गर्न समेत सुझाव दिने भएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्