‘गठबन्धनले देश बन्दैँन्’ : एमाले महासचिव पोखरेल

महेन्द्रनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनले देश नबन्ने बताएका छन् । मंगलबार नेकपा एमाले कञ्चनपुरद्धारा आयोजित जिल्ला स्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गदैँ उनले यस बताएका हुन् ।
देश विकासका लागि बलियो राष्ट्रिय शक्ती आवश्यक रहेको बताउँदै उनले गठबन्धनले देश नबन्ने दावि गरे । ‘देश विकासका लागि बलियो राष्ट्रिय शक्ती चाहिन्छ ।’ उनले भने ‘गठबन्धनले देश बन्दैँन्,यो कुरा अहिलेको पाँच दलिय गठबन्धनको सरकारले पुष्टी समेत गरिसकेको छ ।’ देश निर्माणका लागि एमाले बलियो राष्ट्रिय शक्तीको रुपमा रहेको समेत उनले दावि गरे । गठबन्धन सरकारले देशको अर्थतन्त्र व्यवस्था घरासायि बनाएको पनि उनको आरोप छ ।

साथै उनले स्थानीय तहको निर्वाचनबाट एमाले बलियो शक्तीको रुपमा रहेको पुष्टी भएको उनले बताए । चौतर्फी घेरा बन्दैँकाबिच एमाले सिट संख्या केही कम भए पनि बलियो जनमत एमालेको पक्षमा रहेको उनको दावि छ । ‘स्थानीय तहको चुनावले बामपन्थी आन्दोलनामा नेकपा एमाले सबैभन्दा अग्लो शक्तीको रुपमा रहेको सन्देश दिएको छ ।’ उनले भने एमालेको तुलना कसैसँग गर्नुपर्ने छैन् ।’ २०५४ मा ६ प्रतिशत ल्याएको माले त टिक्न सकेन्, ४ प्रतिशत लिएको समाजवादीले प्रतिस्पर्धाबाट देशको नेतृत्व गर्छ भनेर जनता, कार्यकर्ताले पत्याई दिनुपर्ने हो ? भन्दै महासचिव पोखरेल पश्न गरे ?

प्रचण्ड र माधव कुमार नेपालको व्यत्तीगत स्वार्थका कारण नेकपाको विभाजन भएको बताउँदै ‘नेकपामा हुदाँ एक व्यक्ति एक पद हुनुपर्छ भने, तर उनिहरुको नियत ठिक थिएन् ।’ उनले अगाडी थपे ‘अहिले माधव कुमार नेपालको पार्टीमा आफैँ अध्यक्ष, आफै संसदीय दलको नेता हुनुहुन्छ, त्यो सिद्धान मानेको भए हुन्थ्यो नी, झलनाथ खनाललाई संसदीय दलको नेता बनाएको भए के बिग्रीन्थ्यो ।’

साथै कांग्रेसकोपछि लाग्ने बामपन्थी हुनै नसक्ने पनि उनको दावि छ । एमाले कार्यकर्तालाई एकतावद्ध भएर संघ र प्रदेशको चुनावको तयारीमा जुट्न निर्देशन समेत दिएका छन् । नेकपा एकताका तीन वर्ष पार्टीको संगठनात्मक गतिविधिमा शुन्यता आएको अवसर र अराजकतावाद मौलाएको उनको भनाई छ ।
नेकपा एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्टको अध्यक्षतामा पार्टीका अगुवा कार्यकर्तालाई प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पार्टी नेता कार्यका कार्यकर्ता र विभिन्न जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्