बाजुराको बुढीगंगामा एमाले विजयी

बाजुरा — बाजुराको बुढीगंगा नगरपालिकामा भएको पुनः मतदानमा प्रमुख, उपप्रमुख दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएको छन् । नगर प्रमुखमा रामबहादुर बानियाँ र उप प्रमुखमा माया कुमारी खड्का (कुँवर) विजयी भएका हुन् ।
बानियाँले ४ हजार ७ सय ७७ मत ल्याएर विजयी भएका हुन् । उनीसँग पराजित कांग्रेस उम्मेदवार रंगबहादुर खातीले ३ हजार ७ सय ७४ मत पाए ।
उपप्रमुख पदमा विजयी कुवँरले ४ हजार ७ सय २७ मत ल्याएकी छन् । उनीसँग पराजित कांग्रेसका उम्मेदवार रिता शाही (शाह) ले ३ हजार ७ सय ५५ मत ल्याइन् ।


बाँनिया र कुँवर ०७४ को स्थानीय निर्वाचनमा पनि एमालेबाट उम्मेदवार थिए । तर त्यसबेला कांग्रेस उम्मेदवारसँग पराजित भएका थिए ।

१० वडा रहेको बुढीगंगामा ७ वटा वडाका वडाअध्यक्ष पदमा एमाले उम्मेदवार विजयी भएका छन् । कांग्रेसले ३ वडा जितेको छ । वडा १, २, ३, ५, ६, ९ र १० मा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् भने ४, ७ र ८ मा कांग्रेस विजयी भएका छन् ।

बुढीगंगामा वैशाख ३० को निर्वाचन स्वतन्त्र हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदान गराउने निर्णय गरेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्