कञ्चनपुर वाणिज्य संघ चुनावः पिताम्बर जोशी प्यानलसहित विजयी

महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघको असार २५ गते सम्पन्न १७ औं कार्यकारीणी समितिको निर्वाचनमा पिताम्बर जोशीको प्यानल नै विजयी भएको छ । संघको अध्यक्षमा जोशीले एक हजार दुई सय ९९ मतसहित विजयी भएका हुन् ।
उनका प्रतिद्धन्दी गणेशदत्त जोशीले ७ सय ८३ मत प्राप्त गरे । यस्तै वाणिज्य उपाध्यक्षमा धर्मसिंह रावल ७ सय ५८ मतका साथ विजयी भएका छन् । भने उनका प्रतिद्धन्दी बाशुदेव जोशी (विनोद)ले ४ सय ८८ मत प्राप्त गरे ।
महासचिव पदमा पिताम्बर प्यानलकै खगेश्वर बोहरा विजयी भएका छन् । उनले १ हजार २ सय एक मत प्राप्त गर्दा उनका प्रतिद्धन्दी निर्मला भट्ट सापकोटाले ८ सय मत प्राप्त गरिन् । ३ हजार २ सय ५९ मतदाता रहेको वाणिज्य संघमा २ हजार १ सय ८४ मत खसेको थियो ।
संघको अन्य पदाधिकारी र सदस्यहरु भने निर्विरोध निर्वाचित भएका थिए । निर्विरोध निर्वाचित हुनेमा बरिष्ठ उपाध्यक्षमा दिनेश मल्ल, उद्योग उपाध्यक्षमा शुरेस गुरुङ, सचिवमा राहुल भट्ट र कोषाध्यक्षमा चेतराज जोशी रहेका छन् ।
यस्तै निर्वाचित हुने सदस्यहरुमा बिशाल सोनार, प्रेमप्रकाश पाठक, नरेन्द्रप्रसाद जोशी, प्रदिप पाल(रदिप), भोजराज अवस्थी, मिनराज भट्ट र संस्थागत सदस्यमा रामचन्द्र बुढा रहेका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्