लिटिल बुद्ध उत्कृष्ट मावि छनौट, राष्ट्रिय शिक्षा–२०७९ सम्मानद्धारा सम्मानित

महेन्द्रनगर । कञ्चनपुर महेन्द्रनगरस्थित लिटिल बुद्ध एकेडेमी राष्ट्रिय शिक्षा सम्मान–२०७९ द्धारा सम्मानीत भएको छ । बुधबार फोकस नेपालद्धारा गुरु पुर्णिमा तथा भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सम्मानीत भएको हो ।
‘फोकस नेपाल’ संस्थाद्वारा काठमाडौंमा आयोजित ‘वर्तमान शिक्षा नीति र आगामी चुनौती’ विषयक विचार गोष्ठीमो लिटिलबुद्धलाई सम्मान गरिएको हो ।


विद्यार्थी संख्या, परिक्षाको नतिजा, अतिरिक्त क्रियाकलाप, भौतिक पूर्वाधार, दक्ष जनशक्तिबाट अध्यापन, सामाजिक सेवामा योगदान, देशको शिक्षा क्षेत्रमा पु¥याएको योगदान लगायतको मापदण्डका आधारमा उत्कृष्ट मावि छनौट गरिएको प्रमाणपत्रमा उल्लेख छ ।

लिटिल बुद्ध एकेडेमीका प्रिन्सीपल श्याम सिंह मौनीले विभिन्न मापदण्ड अनुसार विद्यालय सुदूरपश्मिमै उत्कृष्ट छनौट भएको बताए । उनका अनुसार प्लस् टु सम्म अध्यापन हुने लिटिलबुद्धमा हाल दुई हजार पाँच सय विद्यार्थी अध्ययनरत छन् । विज्ञान र वाणिज्य संकायको अध्यायन हुने यो मावि जिल्लामै अग्रणी शैक्षिक संस्थाहरुमा पर्छ ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री झलनाथ खनाल, विशिष्ठ अतिथि राज्यमन्त्री उमेश श्रेष्ठ लगायतले लिटिलबुद्धलाई सम्मानपत्र प्रदान गरेका थिए । प्रिन्सीपल मौनीले उत्कष्ट माविमा छनौट भई सम्मानीत हुदाँ आफुहरुको हौसला बढेको बताए । साथै शैक्षिक विकास र गुणस्तरिय शिक्षाका लागि आफु पुर्ण प्रतिवद्ध रहेको समेत उनको भनाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्