‘निर्मलालाई न्याय दिलाउछु भन्दैँ घरमै पुगेका देउवा सिंहदबार छिरेपछि बिर्सिए’

महेन्द्रनगर । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणको आउँदो साउन १० गते चार वर्ष पुरा हुदैँछ । जघन्य अपराधमा परेर ज्यान गुमाएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी निर्मला पन्त परिवारले अझै न्याय पाउन सकेको छैन् । निर्मला हत्याकाण्ड भएको दिन नजिकिदैँ जाँदा उक्त घटनाबारे फेरी आवाज उठ्न थालेको छ ।

बुधबार कञ्चनपुरका नागरिक समाजका अगुवाहरुबिचको एक छलफल कार्यक्रममा निर्मला हत्याकाण्डको विषयले प्रवेश पाएको थियो । निर्मला आन्दोलनका घाईते समेत रहेका स्थानीय सुरेन्द्र देउवाले निर्मला हत्या काण्ड सेलाउदैँ गएको बताए । उनले न्यायका लागि नेपाली कांग्रेसले चर्को दवाब दिएपनि सत्तामा पुगेपछि मौन रहेको आरोप लगाए ।

‘नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पिडित परिवारको घरमै पुगेर न्याय दिलाउछु भनेका थिए ।’ आन्दोलनका घाईते देउवाले भने ‘अहिले उनै सत्तामा छन्, सिंह दरबार छिरेपछि निर्मलाको न्याय बिर्सिए ।’ साथै निर्मलाको न्यायका लागि नागरिक समाजबाट फेरी आन्दोलन सुरु गर्नु पर्नेको उनका भनाई छ ।
बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय निर्मला पन्त परिवारलाई भेट्न २०७५ फागुन १८ गते शुक्रबार प्रधानमन्त्री देउवा घरमै पुगेका थिए । २०७५ साउन १० गते भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित साथीको घरमा गएकी निर्मला भोलिपल्ट महेन्द्रनगर–उलटाखाम सडक छेउको उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । सोही दिनदेखि निर्मलाको न्यायका लागि महिला अधिकारकर्मीदेखि नागरिक समाजलगायत विभिन्न संघसंस्थाले आन्दोलन सुरु गरेका थिए ।


महिला अधिकारकर्मी मिना भण्डारीले निर्मलाको न्यायका लागि आवाज उठ्न छोडेको भन्दैँ फेरी एकजुट भएर न्यायका लागि पहल गर्नुपर्ने बताईन् । स्थानीय स्तरका सबै समस्या र सामाजिक न्याय विषयलाई चरणबद्ध रुपमा उठाउनुपर्ने उनको भनाई छ ।

तत्कालिन केपी ओली नेतत्वको सरकारले नै हत्यारा लुकाएको नेपाली कांग्रेसले आरोप लगाएको थियो । अहिले पार्टी सभापती देउवाले सरकारको नेतत्व गरेको एक वर्ष पुरा हुदाँ पनि निर्मलाको हत्यारा पत्ता लगाउन नसकेको भन्दैँ आलोचना भईरहेको छ ।
नागरिक समाज कञ्चनपुरका अध्यक्ष भवराज रेग्मीले न्यायको आन्दोलन निरन्तर जारी रहनु पर्ने बताए । उनले सरकार जुनसुकै भएपनि पिडितको न्यायका लागि सधैँ तयार रहेन समेत आग्रह गरे ।
पछिल्लो समय निर्मला हत्याकाण्डको दोसि पत्ता लगाउने र पिडितलाई न्याय दिने आन्दोलन सेलाउँदै गएको उनको भनाई छ । गैर सरकारी संस्था महासंघ कञ्चनपुरका अध्यक्ष नरेश सिलालले पिडित परिवारले न्याय नपाउन्जेलसम्म निर्मला आन्दोलनले सफलता नपाउने बताए ।
आन्दोलनको दबावपछि विभिन्न छानबिन र अनुसन्धान भएको र न्यायीक निकासलाई फेरी सरकारलाई पहल गर्नुे पर्ने उनको भनाई छ । बुधबारको छलफल कार्यक्रम नागरिक समाजका पदाधिकारी, गैर सरकारी संस्था महासंघ कञ्चनपुरका पदाधिकारी तथा अधिकारकर्मीहरुको सहभागीता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्