मुल्य वृद्धि नियन्त्रण र मल आपुर्तीसहितका माग राख्दैँ किसान महासंघद्धारा प्रर्दशन

महेन्द्रनगर । तत्काल मुल्य वृद्धि नियन्त्रण र मलखादको आपुर्तीसहितका माग राख्दैँ अखिल किसान महासंघ कञ्चनपुरले महेन्द्रनगरमा विरोध प्रर्दशन गरेको छ । बिहिबार महासंघको आयोजनामा शेर बहादुर देउवा नेतृत्वको पाँच दलिय गठबन्धन सरकारको बेथिति विरुद्ध विरोध प्रर्दशनसहित सेभा आयोजना गरिएको हो ।


किसान महासंघका सचिवालय सदस्य खेम सुवेदीले सरकारको बेथिति विरुद्ध राष्ट्रिय कार्यक्रम अन्तरगत विरोध प्रर्दशन गरिएको बताए । उनका अनुसार महासंघले तत्काल मुल्य वृद्धि नियन्त्रण, मलखाद तथा बिउविजनको व्यवस्था, पेट्रोलिय पदार्थमा गरिएको मुल्य वृद्धि फिर्ता, भ्रष्टाचार नियन्त्रण गर्नु पर्ने लगायका माग राखेको छ ।


त्यस्तै अव्यवस्थीत बसाबासी, सुकुम्बासी, भुमिहिन, आरक्ष पिडितको समस्या समाधानका लागि पनि महासंघले सरकारसँग माग गरेको छ । परमादेशी सरकार कारण उपभोग्य मुल्यमा चरम वृद्धि भएको भन्दैँ त्यसका तत्काल नियन्त्रण गर्नुपर्ने उनले बताए ।


साथै सरकारले मुल्य वृद्धि नियन्त्रण, मलखाद र बिउको व्यवस्था गर्न नसकेको र जनहित तथा राष्ट्रहित विपरितका काम गरेकाले आफुहरु आन्दोलित हुनु गरेको उनको भनाई छ ।

नेकपा एमाले पार्टी कार्यायलबाट सुरु भएको विरोध ¥याली मदन चोकमा सभा आयोजना गरि समापन गरिएको थियो । सरकारले आफुको माग सम्बोधन नगरे थप आन्दोलनका कार्यक्रम चर्काउने महासंघले चेतावनी समेत दिएको छ ।
कार्यक्रममा नेकपा एमालेका नेता कार्यकर्ता, जनवर्गीय संगठनका प्रतिनिधि, भुमिहिन सुकुम्बासी लगायत स्थानीयहरुको सहभागीता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्