पश्चिमी सिमा नाका गड्डाचौकीमा राखियाे पर्यटक सहायता कक्ष

महेन्द्रनगर । नेपाल प्रवेसद्वार कञ्चनपुरको पश्चिमी सिमानाकामा गड्डाचौकीकमा पर्यटक सहायता कक्ष स्थापना गरिएको छ । भीमदत्त नगरपालिका-११ स्थित गड्डाचौकीमा पर्यटक सहायता कक्ष स्थापना गरिएको हो ।
प्रदेश पर्यटन विकास कार्यान्वयन इकाईको सहयोग, अस्थायी ट्राफिक प्रहरी पोष्ट गड्डाचौकीको समन्वय एव होटल व्यवसायी संघ कञ्चनपुरले निर्माण भएको पर्यटक सहायता कक्षको बिहीबार उद्घाटन गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री मान बहादुर धामीको पर्यटक गरे। उनले सहायता कक्ष स्थापना भएपछि यस नाकाबाट भित्रिने पर्यटकलाई आवश्यक जानकारी लिन सहज हुने बताए । मन्त्री धामीले पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले थुप्रै योजना अघि बढाएर काम गरिरहेकाे दावी गरे।
कार्यक्रममा भीमदत्त नगरका मेयर पदम बोगटीले भारतबाट आउने पर्यटकलाई प्रर्याप्त सुचना प्रवाह गरेर सेवा दिनुपर्ने र पालिकाकाे तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्दता जनाए ।
कञ्चनपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पिताम्बर जोशीले गड्डाचौकी नाका भएर नेपाल प्रवेस गर्ने पाहुनालाई राम्रो स्वागतसहित सुचना उपलब्धता गराउनु पर्नेमा जाेड दिए।
 सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रविन धितालले पर्यटन सुचना केन्द्रसंगै ट्राफिक प्रहरीले समेत पर्यटन सुरक्षाका लागि काम गर्ने बताए ।
त्यस्तै कञ्चनपुरका पर्यटन व्यवसायी प्रमानन्द भण्डारीले गड्डाचौकीमा पर्यटन सहायता कक्ष स्थापनासगै निरन्तरतामा जाेड दिदैँ नेपाल भित्रीने पर्यटकलाई आवश्यक सुचना र जानकारी सहज हुने बताए ।
हाेटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदिशचन्द्र भट्टले नाकामा पर्यटककाे सहज आवगमनकाे उदेश्यसहित सहायता कक्ष स्थापना गरिएको बताए । उनका अनुसार नाका सहायता कक्ष हुदाँ पर्यटकलाई यहाँका पर्यटकिय गन्तव्य लगायत त्यहाँको सेवा सविधाबारे जानकारी लिन सहज हुनेछ । सहायता कक्ष सञ्चालनमा ट्राफिक प्रहरीले सहयोग गर्ने छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्