पार्टी भित्रकाे बेथिति स्विकार्न गार्‍हो भएको भन्दै अधिकारकर्मी चन्दद्वारा कांग्रेस परित्याग

महेन्द्रनगर । कञ्चनपुरकी महिला अधिकारकर्मी शारदा चन्दले अगामी संघिय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेसँगै नेपाली कांग्रेस पार्टी परित्याग गरेकी छिन् । शनिबार नेपाली कांग्रेस कञ्चनपुरलाई पत्र पठाउदैँ साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेकाे उनले बताईन् ।
उनले नेपाली कांग्रेस पार्टी भित्रकाे बेथिति र विकृति स्विकार्न गार्‍हो भएकाे भन्दै पार्टी परित्याग गरेकाे बताईन् । उनले अगामि दिनमा देश र जनताकाे सेवाका लागि स्वतन्त्र भएर काम गर्ने पनि पत्रमा उल्लेख गरेकी छिन् ।
लामो समयदेखि महिला हक अधिकारका सवालमा वकालत गर्दै आएकी अधिकारकर्मी चन्दले यसअघि नै कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र रुपमा चुनाव लड्ने घोषणा गरि सकेकी थिईन् ।
स्वतन्त्र उम्मेदवारीका लागि उनले आन्तरिक तयारी र छलफल थालेको बताईन् । उनले यसै हप्ता नागरिक समाजका अगुवाहरुसँगको छलफल कार्यक्रममा आफुले यस क्षेत्रको विकास र सामाजिक न्यायका लागि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिईन । चन्द महिला अधिकारकर्मीसँगै जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गरि वृद्धवृद्धाहरुको सेवा पनि सक्रिय छिन् । 

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्