‘प्रधानमन्त्री ज्यु, सुदूरपश्चिममा मेडिकल विश्वविद्यालय स्थापना गर्न तपाईका हात कसले बाँधेको छ’

महेन्द्रनगर । नेकपा (एमाले) का सांसद नरबहादुर धामीले सुदूरपश्चिममा मेडिकल विशवविद्यालय स्थापनाका लागि माग गरेका छन् । बुधबार संसदको विशेष समयमा बोल्दैँ संघिय सांसद धामीले यस्ता माग गरेका हुन् ।
प्रधानमन्त्री देउवाले आफ्नै क्षेत्रको विकासमा उदासिनता देखाएको आरोप लगाउदैँ सांसद धामीले भने ‘चितवनमा कृषी विश्वविद्यालय बनाउन कुनै तागतले रोक्दैँन् तर सुदूरपश्चिममा मेडिकल विश्वविद्यालय स्थापनाका लागि मन्त्री परिषद्को निर्णय गराउन तपाईका हात कसले बाँधेको छ ।’
उनले भने– ‘प्रधानमन्त्री शेरबहादुर देउवाज्यूले कैलालीको गेटामा मेडिकल विश्वविद्यालय खोल्ने कुरामा बेवास्ता गर्ने हो, आनाकानी गर्ने हो र कुनै मतलव नराख्ने हो भने देखादेखि तपाईले सुदूरपश्चिमप्रति गद्दारी गरेको र त्यहाँको जनताप्रति गम्भिर विश्वासघात गरेको ठहर हुनेछ ।
उनले कैलालीको गेटामा संरचना निर्माण भईसकेकाले चिकित्सा विश्वविद्यालयको रुपमा अघि बढाउन माग गरेका हुन् । पछिल्लो समय गेटा मेडिकल कलेजलाई चिकित्सा विश्वविद्यालय बनाउन स्थानीयस्तरबाट माग भईरहेको छ ।
त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई सुदूरपश्चिमका जनताले ३१ वर्षदेखि थारो भैंसी पालेझैँ पाल्नुपरेको उनको आरोप छ । सांसद धामीले सुदूपश्चिमका जनताले प्रधानमन्त्री देउवालाई ६ पटक चुनाव जिताएर पाँच पटक प्रधानमन्त्री बनाएपनि सुदूरपश्चिमका लागि केही नगरेको बताए ।
उनले प्रधानमन्त्रीलाई ३१ वर्षदेखि जनताले भोट दिएपनि भोट बालुवामा पानी हाले बराबर भएको बताए । सांसद धामीले प्रधानमन्त्रीले कैलालीको गेटामा मेडिकल विश्वविद्यालय खोल्ने कुरामा बेवास्ता गरेमा सुदूरपश्चिमका जनताप्रति गद्दारी, विश्वासघात गरेको ठहरिने चेतावनी दिए । उनले गेटामा विश्वविद्यालय बनाउनका लागि मन्त्रीपरिषद्को निर्णय गराउन नसकेको भन्दै प्रधानमन्त्री देउवाको तिखो आलोचना गरे ।
प्रधानमन्त्रीको ज्योतिषीले उहाँलाई सात पटक प्रधानमन्त्री हुने भविष्यवाणि गरेका छन् । तर सुदूरपश्चिमका जनताले ३१ वर्षदेखि अनवरत रुपमा ६ पटक चुनाव जिताएर उहाँलाई पाँच पटक नेपालको प्रधानमन्त्री बनाइसकेका छन् । पाँच पटक प्रधानमन्त्री हुँदा तपाईले सुदूरपश्चिमका जनताको जीवनमा दूरगामी प्रभाव पार्ने, युगान्तकारी, अविष्मरणीय योगदानहरु के–के गर्नुभयो ? कृषि, पर्यटन, उद्योग, शिक्षा लगायतका क्षेत्रमा सुदूरपश्चिमका लागि तपाईले गरेका चिरस्थायी कामहरु के–के हुन् ? सुदूपश्चिमका जनता जान्न चाहन्छन् प्रधानमन्त्रीज्यू कुनै जवाफ छ ? खालि थारो भैंसी पालेझैँ ३१ वर्षदेखि सुदूरपश्चिमका जनताले तपाईलाई निरन्तर भोट दिएर बालुवामा पानी हालेका हुन् ?
सांसद धामीले कैलालीमा गेटा मेडिकल कलेजको स्थापना गर्न नसके प्रधानमन्त्री देउवाले सुदूरपश्चिममा जन्म लिनु नै धिक्कार हुने टिप्पणी गरे । कलेज स्थापना गर्न नसके देउवा दश पटक प्रधानमन्त्री भएपनि जनतालाई कागलाई बेल पाक्यो हर्ष न विस्मात भनेझैँ हुने उनको भनाई छ । उनले कलेज स्थापना गर्न नसके देउवालाई सुदूरपश्चिमका जनताले धोकेवाज र विश्वासघाती भन्ने बताए ।

https://www.facebook.com/100001275607864/videos/384503477005149/
 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्