तीन वर्षीया बालिकाको बलात्कारपछि भीरबाट खसालियो

दाङ । दाङमा एक तीन वर्षीया बालिकामाथि बलात्कारपछि गरी हत्या प्रयास भएको छ । बबई गाउँपालिका–५ की ३ वर्षीया बालिकालाई सोही ठाउँका १४ वर्षीय किशोरले शनिबार साँझ बलात्कारपश्चात भीरबाट खसालेर हत्या प्रयास गरेको प्रहरीले जनाएको छ ।
बालिकाको सुनको मुन्द्रा लुटेर भीरबाट तल खसालिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए ।
बालिकाका परिवारले साँझ ७ बजे प्रहरीलाई खबर गरेका थिए । दिउँसो २ बजेदेखि नै ती बालिका किशोरको साथमा रहेको बताइएको छ । प्रहरी घटनास्थल पुग्दा बालिका रोइरहेको अवस्थामा भेटेको अर्यालले बताए ।

बालिकालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । बलात्कारमा संलग्न किशोर प्रहरी हिरासतमा छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्