कञ्चनपुरमा समाजवादीका प्रदेश कमिटि सदस्यसहित १३ नेता कार्यकर्ता एमालेमै फर्किए

महेन्द्रनगर । कञ्चनपुरमा नेकपा एकिकृत समाजवादीका १३ जना नेता कार्यकर्ताले पार्टी छोडेका छन् । नेकपा एकिकृत समाजवादीको प्रदेशदेखि नगर कमिटिका विभिन्न जिम्मेवारीमा रहेको नेता कार्यकर्ता पुनः एमालेमै फर्किएका हुन् ।
एमाले कञ्चनपुरले चलाएको घर फर्क अभियान अन्तरगत उनिहरु पुनः पार्टीमै फर्केका एमाले कञ्चनपुरले जनाएको छ । एमालोमै फर्किनेमा नेकपा एकिकृत समाजवादीका प्रदेश कमिटि सदस्यद्धय गोरख नेपाली र चम्फा देवी खड्का रहेका छन् ।
त्यस्तै जिल्ला कमिटी सचिवालय सदस्य दिप चौधरी, जिल्ला कमिटी सदस्य टंक बहादुर खड्का, मन्जु नेपाली र समाजवादीको तर्फबाट कृष्णपुर नगरपालिकाको उप–प्रमुख पदका उम्मेदवार रहेकी मिना नेपाली पनि एमालेमै फर्किएकी छिन् ।


त्यस्तै नगर कमिटि अध्यक्ष दिवान कार्की, नगर कमिटि सचिवालय सदस्य मिना नेपाली, नगर कमिटि सदस्य योगेश्वरी कडायत धामी, बलबिर सार्की, नवीन चौधरी, वडा कमिटि अध्यक्ष अशोक कुश्मी, वडा कमिटी सचिव दिपक राज जोशी , वडा कमिटी सदस्य तेज थारु रहेका छन् ।
आईतबारमा एमालेमै फर्किएको नेता कार्यकर्तालाई नेकपा एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्टसहित उपाध्यक्ष लक्ष्मी बुढा, उपसचिव फैरु तामाङ्ग, कृष्णपुर नगर इन्चार्ज लोकेन्द्र प्रसाद पन्त, कृष्णपुर नगर अध्यक्ष गणेश सिंह ऐरी लगायतले स्वागत गरे ।
अध्यक्ष विष्टले लामो समय पार्टीमा रहेर काम गरेका नेता कार्यकर्तालाई पार्टीमै फर्र्काएको बताए । नेकपा एमाले विभाजन हुदाँ उनिहरु माधव कुमार नेतृत्वमा समाजवादीमा लागेका थिए ।
एमाले कञ्चनपुरले समाजवादीमा लागेको सबै नेता कार्यकर्तालाई पार्टी फर्काउन अन्तरिक छलफल चलाईरहेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्