एक करोड ३६ लाखले घट्यो भीमदत्तको आन्तरिक आय

पछिल्ला वर्षहरुमा निरन्तर बढ्दै गएको राजस्व गत आर्थिक वर्षमा भने गिरावट आएको हो

महेन्द्रनगर । पछिल्ला वर्षहरु निरन्तर बढ्दै आएको भीमदत्त नगरपालिको आन्तरिक आयमा गत आर्थिक वर्षमा भने कमि आएको छ । गत आर्थिक वर्षमा भीमदत्त नगरपालिकाले २१ करोड ६३ लाख ४४ हजार आठ सय राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७७\७८ मा २३ करोड आन्तरिक आय संकलन गरेको भीमदत्तले गत आर्थिक वर्षमा एक करोड ३६ लाख ५५ हजार एक सयले कम राजस्व संकलन भएको नगरपालिकाले जनाएको छ ।

भीमदत्त नगरपालिकाका राजस्व तथा आर्थिक प्रशासन शाखा प्रमुख विक्रम भण्डारीका अनुसार विभिन्न ४१ वटा शिर्षकमा गरि उक्त राजस्व संकलन भएको हो । पालिकाले भुमि तथा मालपोल कर ५३ लाख ३४ हजार, सम्पत्ति कर २९ लाख १८ हजार, प्रशासनिक सेवा शुल्क १८ लाख ८५ हजार र घर बहाल करमार्फत एक करोड ८८ लाख ७१ हजार राजस्व संकलन भएको छ ।

त्यस्तै व्यक्ति घटना दर्ता दुस्तुरबाट ११ लाख, व्यवसाय कर एक करोड ३० लाख ६० हजार, सिफारिस दस्तुर एक करोड २४ लाख दुई हजार, रोयल्टी दुई करोड ६७ लाख ३५ हजार र मालपोत राजिष्ट्रसनमार्फत छ करोड ६१ लाख १० हजार, बहाल बिरौटी कर एक करोड एक लाख ६४ हजार, पुर्वाधार सेवा शुल्क ७० लाख ९२ हजार संकलन भएको नगरपालिकाले जनाएको छ । त्यस्तै संस्थागत आन्तरिक अनुदान एक करोड ६२ लाख, नक्सापासबाट ५३ लाख ८७ हजार, नाता प्रमाणितबाट १५ लाख, अन्य कर २८ लाख, पार्किङ शुल्क ५३ लाख ८७ हजार, अन्य राजस्व २५ लाख २१ हजार र अन्य सेवा शुल्क २९ लाख ६० हजार संकलन भएको नगरपालिको आन्तरिक आय विवरणमा उल्लेख छ ।

भीमदत्त नगरपालिकाले राजस्व सुधारको कार्ययोजना निर्माण गरि आन्तरिक आयमा सुधार गदैँ आएको थियो । नगरपालिकाले आर्थिक वर्ष २०७२÷७३ देखि राजस्व सुधार कार्ययोजना तयार गरि कार्यान्वयनमा ल्याएको हो । निवर्तमान नगर प्रमुख सुरेन्द्र विष्ट नेतृत्वको स्थानीय सरकारले कार्ययोजनाका सिफारिसलाई कार्यान्वयन गरी आर्थिक वर्ष २०७४÷७५ मा ६ करोड राजस्व संकलन गरेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७५\७६ मा १२ करोड, आर्थिक वर्ष २०७६\७७ मा २० करोड र आर्थिक वर्ष २०७७\७८ मा २३ करोड राजस्व संकलन गरेको थियो । नगरपालिकाले आन्तरिक आय तथा राजस्व सुधारका क्षेत्रिय शहरी विकास आयोजना, संस्थागत परामर्शदाताद्वारा कार्ययोजना निर्माण गरेको थियो ।
राजस्व सुधार कार्ययोजना निर्माणपछि नगरपालिकाको आन्तरिक आयमा उल्लेख्य सुधार भएको छ । तर गत आर्थिक वर्षमा भने अघिल्लो आर्थिक वर्षको तुलनामा कम राजस्व संकलन भएको छ । राजस्व शाखान प्रमुख भण्डारीले महाकाली नदी र केही खोलाहरुको ठेक्कावाफतको रोयल्टी संकलन नभएकोले आन्तरिक आयमा कमि देखिएको बताए । नगरपालिकाले महाकाली नदीको रोयल्टीबाफत दुई करोड ८५ लाख राजस्व संकलन गर्न बाँकी छ । नगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको शाखा प्रमुख भण्डारीको भनाई छ ।
गत अर्थिक वर्षमा नगरपालिकाले कुल अनुमानित आय १४ करोड ५३ हजार रहने अनुमान गरेको थियो । नगरपालिकाले आर्थिक वर्ष २०८३\८४ मा भिमदत्तको आतरिक आय २८ करोड पुग्ने प्रक्षेपण गरिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्