फिट्नेस मोडलिङमा पत्रकार लामा

पुनर्वास– कञ्चनपुरको दक्षिणी क्षेत्रमा परिचित नाम हो “रञ्जित लामा” । पत्रकारीतामा आवद्ध रहेका लामा अहिले सुदूरपश्चिमको फिट्नेस मोडलिङ क्षेत्रमा लागे पछि चर्चामा छन् । डेढ दशक अघि जिल्लाको पुनर्वास नगरपालिकाकै दोस्रो बजार आई.बी.आर.डी. बजारमा उनको हस्त लेखाई गर्ने एउटा सानो पसल थियो । अहिलेको जस्तो फल्याक्स प्रिन्ट नभएको त्यस समयमा कार्यक्रमका ब्यानर र संस्था तथा पसलहरुका सुचना पाटी लेखाईको कामले लामा परिचित थिए ।
हाते लेखाई (आर्टस) सँगसँगै पत्रकारीता र साहित्यिकमा रुचि भएको पत्रकार लामा फिट्नेस मोडलिङबाट चर्चामा छन् । उनले साहित्यिक क्षेत्रको दौडाहमा आफ्नै जीवनसँग सम्बन्धित “चाँदनी गजल कुञ्जू र ूराग बिराग गजल समुच्चयू गरी दुई वटा गजल संग्रह प्रकाशन गरे । वास्तविक नाम रञ्जित लामा भएपनि उनलाई साहित्यिक क्षेत्रको उपनाम “रागी लामा”ले पनि चिनाउथ्यो । जीवनको लामो संघर्षसँगै लामा कञ्चनपुरको महेन्द्रनगरबाट प्रकाशन हुने फारवेष्ट टाईम्स नामक पत्रिकामा पनि आवद्ध रहे । लेखाई र शब्दमा निकै दख्खल रहेका लामालाई पत्रकारिता क्षेत्र आफुलाई सुहाँउदो लाग्यो । उनी समाजका लागि केहि गर्ने र आफु पनि चर्चा बटुल्ने सोंचमा हुन्थे । केहि सुरुवात गर्नु अघि लामो सोंचाई पछि मात्रै ठोस निर्णय दिने उनको अहिलेसम्म पनि बानी छ । आर्ट्स, पत्रकारिताको निरन्तर यात्रामा उनले कैलालीबाट प्रकाशन हुने थुप्रै पत्रिका र रेडियोमा आवद्ध रहे । काम गर्ने क्रममा उनले आफ्नै नामबाट एउटा मिडिया सञ्चालन गर्छु भन्ने निधो गरेर हेल्लो पुनर्वास नामक साप्ताहिक पत्रिका दर्ता गरे । पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकालाई कार्यक्षेत्र बनाई पत्रकारितालाई अझै तीक्ष्ण पार्दै गए ।

उनले पुनर्वासमा धेरै पत्रकार समेत उत्पादन गरे । सीमा विवाद, चोरी तस्करी, समाजमा जगडिएको कुप्रथा, राज्य विरोधी गतिबिधिको निरन्तर निडरताका साथ भण्डाफोरमा उभिए । अहिले सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीबाट दैनिक रुपमा प्रकाशन गर्ने हेल्लो पुनर्वास दैनिक पत्रिका कैलाली र कञ्चनपुरमा देखिएपछि त्यसैपनि लामा चर्चामा छन् । उनको सपना यतिमा मात्रै सीमित छैन् , अझै आधा दर्जन बढि सपना पूरा गर्ने मौकामा छन् । समयको महत्वलाई अत्यन्तै ख्याल गर्ने लामा बहुप्रतिभाका रुपमा चिनिन्छ । पत्रकारितासँगै पछिल्लो समय उनी शारीरिक सुगठनका ईन्स्ट्रक्टरको रुपमा पनि धेरै माझ परिचित छन् ।

उनी धनगढीकै ूफारवेष्ट फिट्नेसू जिम सेन्टरमा विगत तीन वर्षदेखि पर्सनल जीम ट्रेनरको रुपमा स्थापित छन् । त्यस्तै केही दिन अघि मात्रै धनगढीको राजपुर स्थित ४० लाख लगानीमा रिवज शाह र अशोक साउँदले सुरुवात गरेको अत्याधुनिक “फिटनेसवाला” जिम प्रमोसनको लागि फिट्नेस अभिनयका रुपमा लामालाई राखिएको छ । जिममा अनुभवी ईन्स्ट्रक्टर लामाले जिमिङ, कार्डियो, एरोविक, योगा स्टे«चिङ र पर्सनल ट्रेनर समेत दिदै आएकाछन् । केन्द्रबाट फिट्नेस आईकन ल्याएर जिम प्रमोसन गरिरहेको वर्तमान परिप्रेक्ष्यमा “फिटनेसवाला” जिम सेन्टरले स्थानीय फिट्नेस मोडल लामालाई प्राथमिकता दिएको छ । जिम सेन्टर प्रमोसनका लागि नील बिष्टले खिचिएको भिडियोलाई निका कृयशनले ईडिटिङ गरेका छन् ।

जिम प्रमोसनका लागि खिचिएको उक्त भिडियो सुदूरपश्चिमका लागि सम्भवत पहिलो हो । उनको त्यो भिडियो रञ्जित लामा फिट्नेस मोडल नामक युट्यूब च्यानलबाट सार्वजनिक भएपछि यतिबेला सुदूरपश्चिममै लामा चर्चामा चुलिएका छन् । अहिले दिनप्रतिदिन युवा वर्गमा मात्रै हैन वयस्क र वृद्धमा पनि जिमको क्रेज झन बढ्न थालेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्