भीमदत्त–१८ मा लागु औषध नियन्त्रणबारे अन्तरक्रिया

स्थानीय तहको निर्वाचनमा वडामा लागु औषध नियन्त्रण गर्ने चुनावि प्रतिवद्धता जनाएका वडाध्यक्ष देवकोटाले सोही अनुसार काम थालेका छन् ।

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा लागु औषध नियन्त्रणबारे अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । शुक्रबार सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सामुदायिक प्रहरी सेवा केन्द्र, सामुदायिक सेवा केन्द्रको आयोजना तथा वडा कार्यालयसँगको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो ।


कार्यक्रम वडाका जनप्रतिनिधि, स्थानीय समाजसेवी, नागरिक अगुवा, अभिभावक तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो । सामुदायिक सेवा केन्द्रका सचिव विमल खडायतले लागु औषध नियन्त्रणका लागि कार्यक्रम आयोजना गरिएको बताए । उनका अनुसार भीमदत्त नगरपालिकाका सबै वडा र अन्य स्थानीय तहका विद्यालयमा अन्तरक्रिया कार्यक्रम गर्ने योजना रहेको छ ।
जिल्लाको सदरमुकासँग जोडिएको वडामा लागु औषधको जोखिम पनि उच्च रहेकाले वडा कार्यालयसँगको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बोल्दैँ कञ्चनपुर प्रहरी प्रमुख(एसपी) श्याम चौधरीले लागु औषधका सेवना तथा कारोवारका घटना बढ्दै गरिरहेका बताए । उनले बढी जसो किशोर किशोरी समुह लागु औषधको दुव्र्यसनीमा फेसेको बताउँदै त्यसको नियन्त्रणका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।


कञ्चनपुरमा खुुला सिमाका कारण लागु औषध नियन्त्रण चुनौतिपुर्ण रहेको उल्लेख गर्दै एसपी चौधरीले कञ्चनपुर प्रहरीले लागु औषधको चेन ब्रिक गर्न सुक्ष्म रुपमा लागिरहेको बताए ।
‘लागु औषद् नियन्त्रण प्रहरीको एक्लो प्रयासले मात्रै सकिदैन्, त्यसका लागि सामुदायको सहयोग त्यतिकै महत्वपुर्ण हुन्छ ।’ एसपी चौधरीले भने ‘व्यक्ति स्वयमले सचेत बन्ने र अभिभावकले छोराछोरीमाथि पुर्ण निगरानी राख्न जरुरी छ ।’
त्यस्तै वडाध्यक्ष रविन्द्र देवकोटाले विकास निर्माणसँगै युवा पुस्तालाई लागु औषध दुव्र्यसनीबाट जोगाउन चुनौतीपुर्ण रहेको बताए । उनले वडा कार्यलयले यसको नियन्त्रणका लागि पुर्ण रुपमा प्रतिवद्ध रहेको बताए ।

उनले लागु औषध नियन्त्रणका लागि टोल, सामुदायस्तरबाट नै जनचेतना मुलक कार्यक्रम गर्नुपर्ने आवश्यकता रहेको औल्याउदैँ त्यसका लागि वडा कार्यालयले सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्ने बताए ।
स्थानीय तहको निर्वाचनमा वडामा लागु औषध नियन्त्रण गर्ने चुनावि प्रतिवद्धता जनाएका वडाध्यक्ष देवकोटाले सोही अनुसार काम थालेका छन् । लागु औषद् नियन्त्रणका लागि अभियान नै सञ्चालन गरिने उनको भनाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्