आगामी चुनावमा तालमेल गर्ने पाँच दलिय गठबन्धनको निर्णय

काठमाडौँ । सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा तालमेल गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए। “आगामी चुनावमा तालमेल गरेर अगाडि बढ्ने निर्णय भएको छ,” बैठकपछि कार्कीले भने।

बैठकपछि पाँच दलका शीर्ष नेताले पनि प्रेस विज्ञप्ति जारी गरी चुनावी तालमेल गर्ने निर्णय भएको जनाएका छन्। “बैठकले आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गरी अगाडि बढ्ने निर्णय ग¥यो,” विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बैठकपछि संयुक्त विज्ञप्ति जारी गरेका हुन्।

at
 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्