कृष्णपुरमा विभिन्न पार्टी परित्याग गरि २२ नेता कार्यकर्ता एमाले प्रवेश

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेकपा एमाले पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । एमाले नगर कमिटिद्धारा आयोजित पार्टी प्रवेश कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।
नेकपा एमाले कञ्चनपुरले चलाएको घर फर्क अभियान अन्र्तगत नेकपा समाजवादीमा लागेका र अन्य पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराईएको हो ।
एमाले कृष्णपुर नगर कमिटि अध्यक्ष गणेश सिंह ऐरीले चुनाव घोषणा भएसँग पार्टी प्रवेश कार्यक्रममा जोड दिईएको बताए । उनका अनुसार संघ र प्रदेशको निर्वाचन घोषणा भएको दोस्रो दिन नै विभिन्न पार्टी परित्याग गरि २२ जना नेताकर्ता एमाले प्रवेश गरेका छन् ।


प्रवेश गर्नेमा अघिकांश नेकपा एकिकृत समाजवादीका नेता कार्यकर्ता रहेका छन् । समाजवादीसँगै नेपाली कांग्रेस, नेकपा माओदी केन्द्र लगायतबाट कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
उनिहरुलाई नेकपा एमालेका केन्द्रिय कमिटी पोलिटब्युरो सदस्य एवम् सुदुरपश्चिम प्रदेश सह–इन्चार्ज राजेन्द्र सिंह रावलले पार्टीमा स्वागत गरे ।
पार्टीलाई आम निर्वाचनमा जिताउन लक्ष्यका साथ पार्टी चुनावमा लागि सकेको नगर कमिटि अध्यक्ष ऐरीले बताए । कार्यक्रम नेकपा (एमाले) जिल्ला सचिवालय सदस्य एवम् कृष्णपुर नगर इन्चार्ज लोकेन्द्र प्रसाद पन्तको अध्यक्षता आयोजित कार्यक्रममा केन्द्रिय कमिटी पोलिटब्युरो सदस्य एवम् सुदुरपश्चिम प्रदेश सह–इन्चार्ज रावलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य जयराज पाण्डेय, मोहन सिंह रावल, गोरख नेपाली जिल्ला कमिटी उपाध्यक्ष लक्ष्मी बुढा, सदस्य रमिता राना बडायक लगायतको उपस्थिति रहेको थियो । सरकारले बिहिबार अगामी मंसिर ४ मा संघ र प्रदेशको निर्वाचन गर्ने घोषणा गरेको छ ।

यस्तो प्रवेशीको नामावलीसहितको प्रेस विज्ञप्ती

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्