उच्च जोखिममा चौधर नदी किनारका विपन्न बस्ती (फोटो फिचरसहित)

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका ४ स्थीत सार्की र पार्की टोल चौधर नदीको उच्च जोखिममा परेका छन् । वर्षासँगै सुरु भएको बाढीले कटान थालेपछि बस्ती जोखिमका परेको हो ।


गत मंगलबार रातीदेखि अबिरल रुपमा परेको वर्षातका कारण चौधर नदीको सतह वृद्धि भएसँगै दुवै बस्तीमा तटिय क्षेत्रका परिवार उच्च जोखिममा परेका हुन् ।


आर्थिक रुपमा विपन्न परिवारको बसोवास रहेको उक्त बस्ती नदी कटान कारण जोखिममा परेको हुन । बाढीले कटान सुरु गरेपछि स्थानीय किसन सार्कीको घर नै सारिएको छ । त्यहाँ अन्य १२ परिवार बाढीको उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् ।


स्थानीय दिलु ओडले बाढीका कारण वर्षेनी समस्या हुने गरेको बताए । बाढी खेतवारी बगाउदाँ खाद्यान्न समेत समस्या हुने उनले दुखेसो पोखे । जुनसुकै बेला बाढी आउन सक्ने र बस्ती कटान गर्ने भएको राहत तथा उद्धारका लागि स्थानीयले माग गरेका छन् ।


विभिन्न निकायबाट अनुगमन भएपनि बाढीको उच्च जोखिम रहेकाले बस्तीलाई सुरक्षीत स्थान तथा कटान नियन्त्रण हुनेपर्ने स्थानीय पदमा सार्कीले बताईन् । शुक्रबार नागरिक समाज कञ्चनपुरको टोलीले पनि त्यस क्षेत्रको अनुगमन गरेको छ ।

नागरिक समाज कञ्चनपुरका अध्यक्ष भवराज रेग्मीले तत्काल क्षती न्युनिकरणसँगै राहत तथा उद्धार कार्यको व्यवस्थापन आवश्यक रहेको बताए । नदी कटानको दिर्घकालिन व्यवस्थापनका लागि एकिकृत तटबन्धको आयोजना सञ्चालन गरिनुपर्ने उनको भनाई छ । साथै उनले दातृ निकायसँग आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिवद्धता समेत जनाए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्