लेखापाल विष्टद्धारा जन्म दिनको अवसरमा अनाथालयलाई खाद्यान्न सहयोगसँगै फलफुल वितरण

महेन्द्रनगर । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा कार्यरत लेखापाल पुस्कर विष्टले जन्मोत्सवका अवसरमा अनाथालयलाई खाद्यान्न तथा फलफुल वितरण गरेका छन् । विगतका वर्ष झै जन्म दिनको अवसरमा विभिन्न सामाजिक कार्य गदैँ आएको लेखापाल विष्टले २४ औँ जन्मोसवमा कञ्चनपुरको महेन्द्रनगर स्थित समाज कल्याण कञ्चन बाल अनाथालयलाइ खाद्यान्न फलफुल तथा मिठाई वितरण गरेका हुन् ।

मालिकार्जुन गाउँपालिकामा कार्यरत विष्टले साथिहरुमार्फत अनाथालयलाई चामल, दाल, नुन, तेल, स्याउ, मिठाई र जुस वितरण गर्नु गरेका हुन् । राष्ट्र सेवासँगै सामाजिक कार्यमा पनि सक्रिय रहेका लेखापाल विष्टले जन्म दिनको अवसरमा अनाथ बालबालिकालाई सहयोग गर्न पाएकोमा खुसी व्यत्त गरे ।

‘जन्मदिनको अवसरमा भौतिक रुपमा उपस्थित हुन नसके पनि साथिहरु मार्फत सक्दो सहयोग गरेका छु ।’ उनले भने ‘जन्मदिनको अवसरमा फजुल खर्च गर्नु भन्दा सबैले सामाजिक कार्यमा लगाउनु पर्छ ।’

उनले महेन्द्रनगरका पत्रकार मदन गिरी, दिनेश सिंह महरा लगायतका आफ्ना साथिहरुमार्फत अनाथालयमा सहयोग गरेका हुन् । विगत २ देखि जन्मदिनको अवसरमा अनाथालयमा सहयोग गर्दै आएका छन ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्