महेन्द्रनगर । कञ्चनपुरको वेदकोटमा मानव अधिकार तथा पैरवी तालिम सम्पन्न भएको छ । मुक्त कमलरी विकास मञ्च कञ्चनपुरको आयोजनामा भएको तीन दिन तालिम मंगलबार सम्पन्न भएको हो ।
आदिवासी जनजाती महिलाहरुका लागि आर्थिक शसक्ती करण परियोजना अन्र्तगत तालिम आयोजना गरिएको परियोजना संयोजक दुर्गा चाडले
बताईन् । उनका अनुसार मुक्त कमलरीहरुको अधिकारको वकालतका लागि पैरवी तथा क्षमता विकासका लागि तालिम दिईएको हो ।
तालिममा मानव अधिकारकर्मी कोमल निरञ्जन भाटले प्रशिक्षण दिएका थिए । लामो समयदेखि मानव अधिकारको क्षेत्रमा क्रियाशिल रहेका अधिकारकर्मी भाटले सहभागीलाई मानव
अधिकारको परिचय, त्यसको विकासक्रम, मानव अधिकारको विश्वव्यापी घोषणापत्र,सामाजिक परिचालन, वकालत तथा पैरवीबारे तालिम प्रशिक्षण दिएको थिए ।
तालिममा कञ्चनपुरका कृष्णपुर, वेदकोट, शुक्लाफाँटा र बैलौरी नगरपालिकाका मुक्त कमलरीको हक अधिकारका लागि काम
गरिरहेका २० जना आदिवासी जनजाती महिलाहरुको सहभागीता रहेको थियो ।