भीमदत्तमा मेयर बोगटीले एकलौटी गर्न थालेपछि एमाले जनप्रतिनिधिद्धारा बैठक बहिस्कार

नगर प्रवत्ता खड्का भन्छन्ः ‘फरक मतको सम्मान गछौँ’

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरु बैठक बहिस्कार गरेका छन् । आईतबार बसेको चालु आवको पहिलो कार्यपालिका बैठक एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुल बहिस्कार गरेका हुन् । भीमदत्तको कार्यपालिकामा एमालेबाट निर्वाचित तीन जना सदस्य छन् ।

आईतबार बसेको कार्यपालिका बैठकमा भीमदत्त–१८ का वडाध्यक्ष रविन्द्र प्रशाद देवकोटा र वडा नम्बर ९ का वडाध्यक्ष गगन सिंह कार्कीले बैठक बहिस्कार गरेका हुन् भने एमालेबाट निर्वाचित भीनपा–७ का वडाध्यक्ष गणेश बहादुर चन्द जिल्ला बाहिर रहेकाले बैठकमा उपस्थित थिएन् । बैठकमा विपक्षीलाई वेवास्ता गरी एकलौटी निर्णय गरिपछि आफुहरुले बैठक बहिस्कार गरी निस्केको कार्यपालिका सदस्य रविन्द्र देवकोटाले देवकोटाले बताए ।

उनका अनुसार अनुसार बैठकमा पाँच वटा एजेण्डा प्रस्तुत गरिएको थियो । जसपा पाँचौँ नम्बरमा रहेको एजेण्डालाई सुरुमै प्रस्तुत गरिएको थियो । नगर विकास समितिमा कांग्रेस निकट जनप्रतिनिधिहरुलाई मात्रै सदस्य चयन भएका छन् । समितिमा वडा नम्बर ८ र ४ का वडाध्यक्षहरुलाई चयन गरिए पनि वडा नम्बर १८ बाट भने सदस्यलाई चयन गरिएको छ । सदस्य सिता भण्डारी कांग्रेसबाटै निर्वाचित सदस्य हुन् ।

पत्रकार सम्मेलन कार्यक्रममा वडाध्यक्ष देवकोटाले अन्य वडाबाट वडाध्यक्षलाई समितिमा चयन गरिएकोमा १८ बाट भने वडाध्यक्षलाई बाईपास गरि सयस्यलाई चयन गरिएको बताए । ‘नगरपालिकाले बहुमतको आधारमा एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई बाईपास गर्ने खोजेको छ ।’ उनले भने ‘पालिकाले गर्ने हरेक निर्णयमा पुर्वाग्राही ढङ्गबाट विभेद हुदैँ आएको छ, जनताबाट निर्वाचित जनप्रतिनिधिलाई समान व्यवहार हुनुपर्ने हो ।’

त्यस्तै वडा नम्बर ९ का वडाध्यक्ष गगन सिंह कार्कीले पालिकाले विभिन्न निर्णयहरुमा पटक पटक विभेद गर्दै आएको बताए । नेपाली कांग्रेसबाट निर्वाचित मेयर पदम बोगटीले यस अघि पनि एकलौटी रुपमा विषयगत समितिमा कांग्रेस निकट जनप्रतिनिधिलाई चयन गरेको थिए ।

मेयर बोगटीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालय छनौट र नगर विकास समितिको सदस्य मनोनितमा एकलौटी निर्णय गराएका छन् । भीमदत्तमा मेयर बोगटीले विषयगत समिति र न्यायिक समितिमा यस अघि नै एकलौटी गरि सकेका छन् । विपक्षी दललाई समेत न्यायिक समितिमा राखिने प्रचलन तोडेर मेयर बोगटीले सबै काँग्रेसका जनप्रतिनिधिलाई मात्रै समिति सदस्य बनाएका छन् ।

त्यस्तै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि मेयर बोगटीले कांग्रेस निकट अध्यक्ष तथा प्रधानाध्यापक रहेको विद्यालयलाई छनौट गरेको समेत आरोप छ । बैठकमा एमाले कार्यपालिका सदस्यले बहुमतको आडमा नभई सबै कार्यपालिका सदस्यको भावना अनुसार निर्णय गर्नेपर्ने माग गरे ।
आईतबारको कार्यपालिका बैठकमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, नगर विकास समितिमा सदस्य नियुक्ति, स्थानीय पाठ्क्रम कक्षा १, २ र ६ को स्वीकृत, सामाजिक सुरक्षा भत्ता वितरणमा देखिएका समस्या सहजीकरण र धानबाली क्षतिको राहत रकम विनियोजन सम्बन्धी एजेण्डा पेश गरिएका थिए ।
भीमदत्त नगरपालिकाका नगर प्रवत्ता महेन्द्र बहादुर खड्काले एमाले जनप्रनिनिधिको रुपमा विभेद नगरिएको दावि गरे । उनले नगर विकासका बैठकमा वडाध्यक्षलाई आमन्त्रीक सदस्यको रुपमा बोलाईने बताए । ‘उहाँहरुले नगर विकासको समिति सदस्य चयनबारे फरक मत राख्नु भएको हो, सभाध्यक्षले प्रस्ताव गर्ने बितिक्कै कार्यपालिका सदस्य ज्युहरुबाट पारित गरिसकेकाले परिमार्जन गर्न सकिएन् ।’ प्रवत्ता खड्काले भने ‘फरक मतको सम्मान गछौँ, अगामी दिनमा यस्ता निर्णयबारे पुर्नर विचार हुन्छ ।’ साथै अगामी दिनमा सबै कार्यपालिका सदस्यलाई विश्वासमा लिएका निर्णय गर्ने उनले बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्