शाखा प्रबन्धक जोशीको नेतृत्वपछि फेरियो नेपाल बैंकको मुहार, आफ्नै भवनबाट सेवा सुरु

महेन्द्रनगर । पछिल्ला समयमा नेपाल बैंक महेन्द्रनगर शाखाले आफ्नो सेवा विस्तार गदैँ लगेको छ । २०७७ सालमा शाखा प्रबन्धकको जिम्मेवारी महेशराज जोशीले समालेपछि बैंक शाखाले मुहार नै फेरेको छ । नेपालको पुरानो बैंकको रुपमा रहेको नेपाल बैंकले २०३८ सालबाट महेन्द्रनगरमा सेवा सुरु गरेको हो ।
सेवा प्रवाहलाई सुधार गदैँ लगेको यस शाखाले प्रबन्धक जोशीको नेतृत्वपछि भौतीक संरचनासँगै सेवा प्रवाहमा पनि फड्को मारेको छ । जोशीले नेतृत्व समालेको छोटो समयमै शाखाले आफ्नै कार्यालय भवन निर्माणदेखि सेवा काउन्टर विस्तारसम्मका काम गरेको छ । बैकले सदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस हाताभित्र सुविधा सम्पन्न स्मार्ट एक्सटेन्सन काउन्टर विस्तार गरेको हो ।
बैंकले विश्वविद्यालयसँगको सहकार्यमा २०७८ मंसिरबाट स्थानान्तरण सहित कार्य सञ्चालन गरेको हो । त्यस्तै बैकले २०७८ बैशाखबाट विश्वविद्यालय केन्द्रीय क्याम्पसमै एटिएम सेवा पनि सञ्चालनमा ल्याएको छ ।
त्यस्तै २०७७ चैत्र देखी सुप वि पेन्सन बचत पनि सञ्चालनमा ल्याएको शाखा प्रवन्धक जोशीले बताए । बैंकले महेन्द्रनगरदेखि बेलौरीका व्यवसायि क्युआर कोड वितरण गरिएको जनाएको छ ।
बैंक शाखाले सेवा प्रवाह मात्रै नभई वित्तिय साक्षरता कार्यक्रममा उतिक्कै जोड दिएको छ । बैकले कञ्चनपुरका विभिन्न कलेज र नगरपालिकाहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गदैँ आईरहेको छ ।
आम नागरिकलाई बैकिङ्ग प्रणालीमा जोड्ने वित्तीय जानकारी दिन साक्षरता कार्यक्रम सञ्चालन गरिएको शाखा प्रबन्धक जोशीको भनाई छ । १३ जना कर्मचारीमार्फत सेवा दिईरहेको महेन्द्रनगर शाखाले ग्राहकसँग पनि प्रगाढ सम्बन्ध बनाएको छ । छिटो, छरितो र विश्वनिय सेवामा जोड दिएको यस शाखाको पछिल्लो समय महेन्द्रनगरमा सेवाग्राहीको पहिलो रोजाई आफु परेको दावि छ । बैकिङ्ग सेवालाई प्रभावकारी बनाउँदै सेवालाई विस्तार गदैँ लैजाने योजना रहेको शाखा प्रबन्धक जोशीको भनाई छ ।
आफ्नै भवनबाट सेवा सुरु
नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाको कार्यालय भवन निर्माण कार्य सम्पन्न भएको छ । बैंकका शाखा प्रबन्धक जोशीले नव निर्मित कार्यालय भवनबाट कार्य सुरु गरेको बताए ।
वर्ष भित्रमा निर्माण गरी सक्ने लक्ष्यसहित २०७८ बैशाखमा भवन निर्माण कार्य शुरु गरिएको थियो । बैंकले आफ्नै भवनबाट सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यका साथ भवन निर्माण गरेको हो ।
भाडाको भवनबाट सेवा प्रवाह गर्दा ठाँउ अभावले अहज हुने गरेकोमा नयाँ भवन निर्माणपछि कार्यालय व्यवस्थीत र सुविधा सम्पन्न बनेको छ ।
२०३८ सालमा स्थापना भएको नेपाल बैंकको महेन्द्रनगर शाखा भाडाको घरबाट सञ्चालन हुँदै आएको छ । गत बुधबारको नेपाल बैंकका सुदुरपश्चिम प्रादेशीक कार्यालय प्रमुख विश्वराज भण्डारी, धनगढीका शाखा प्रबन्धक सिद्धराज फुलारा र महेन्द्रनगर शाखा प्रबन्धक महेशराज जोशी लगायत महेन्द्रनगर शाखामा कार्यरत कर्मचारको उपस्थितिमा गृह प्रवेस पुजा सम्पन्न गरेको थियो । भने आईतबारबाट बैकले भिमदत्त–१८, गल्ली नं. ५ मा निर्मित उक्त भवनबाट सेवा सुरु गरेको छ ।
भवनको पहिलो तलामा पार्किङ्क व्यवस्थापना गर्ने योजना रहेको छ । त्यस्तै दोश्रो तलामा क्यास काउन्टर, अप्रेशन तथा सहायक शाखा प्रबन्धक कक्ष, तेस्रो तला शाखा प्रबन्धक कक्ष, कर्जा फाट तथा लकर सुविधा र चौथो तला शाखा प्रबन्धकको आवासिय व्यवस्थापन हुनेछ । महेन्द्रनगरमा आफ्नै कार्यालय भवनबाट सेवा दिने नेपाल बैंक पहिलो बैंक हो । भवनको भदौ दोस्रो शाता औपचारिक उद्धघाटन गर्ने योजना रहेको शाखा प्रबन्धक जोशीले बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्