वडाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार बनेका पाण्डे एमालेमा प्रवेश

महेन्द्रनगर । स्थानीय तह निर्वाचन–२०७९ मा स्वतन्त्रबाट वडाध्यक्ष पदका उम्मेदवार बनेका जयराज पाण्डे नेकपा एमालेमा प्रवेश गरेका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा वडाध्यक्ष पदका लागि स्वतन्त्रत उम्मेदवारी दिएका पाण्डे एमाले प्रवेश गरेका हुन् । उनलाई नेकपा एमाले पोलिटव्युरो सदस्य तथा कञ्चनपुर ईन्चार्ज निरुदेवि पाल, पार्टी अध्यक्ष सुरेन्द्र विष्ट, एमाले नेता तथा संघिय सांसद डा. दिपक प्रकास भट्ट लगायत एमाले नेताहरुले स्वागत गरे ।
नेकपा एमाले कञ्चनपुरका जिल्ला सदस्य रविन्द्र देवकोटाले पार्टी प्रवेशको कार्यक्रमका लागि आन्तरिक रुपमा तिव्र तयारी भईरहेको बताए । उनले चुनाव घोषणापछि एमालेप्रति जनमत बढ्दैँ गएको बताए । नेकपा एमाले कञ्चनपुरले चुनाव लक्षीत कार्यक्रमलाई तिव्रताका साथ अघि बढाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्