निर्वाचनको तयारीमा जुट्यो एमाले, भीमदत्तसहित ३ पालिकामा प्रशिक्षण सम्पन्न

महेन्द्रनगर । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आम निर्वातनको तयारीमा जुटेको छ । नेकपा(एमाले) कञ्चनपुरले चुनावी तयारी अन्र्तगत पार्टी प्रशिक्षण कार्यक्रमलाई तिव्रताका साथ अघि बढाएको छ । आसन्न संघिय र प्रदेशको चुनावलाई केन्द्रीत गरि एमाले नगर स्तरिय पार्टी पशिक्षणका कार्यक्रम अघि बढाएको हो ।

बुधबार नेकपा एमाले भीमदत्त नगर कमिटिले नगर स्तरीय पशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नगर अध्यक्ष हिमाल बहादुर चन्दको अध्यक्षमा आयोजित प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले पोलिट व्युरो सदस्य तथा कञ्चनपुर ईन्चार्ज निरुदेवि पाल रहेकी थिईन् । प्रशिक्षण कार्यक्रममा जिल्ला, नगर, वडा कमिटिलगायत विभिन्न पार्टी निकट जन वर्गीय संगठनहरुको सहभागीता रहेको थियो ।

कार्यक्रम प्रमुख अतिथि पालले समसामयिक राजनिति र पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएको मुख्य कामहरु बारे प्रशिक्षण दिएकी थिईन् । उनले स्वार्थका लागि बनेको गठबन्धनको उद्देश्य एमालेलाई सत्तामा जानबाट रोक्नु मात्रै भएको दावि गरिन् । उनले देशको विकास र समृद्धीका लागि नेकपा एमालेले जित्नै पर्ने बताईन् ।

त्यस्तै उनले एमाले नेतृत्वको सरकारले लामो समय देखि बन्द रहेको मझगाउँ विमानस्थल पुनः सञ्चालन, दोधरा चाँदनी सुख्खा बन्दरगाह, महाकाली करिडोरलाई त्रिदेशी नाकाको रुपमा अघि बढाउने लगायतका योजनाको अघि बढाएको बताईन् । ‘२०७२ सालमा केपी ओली प्रधानमन्त्री हुदाँ महाकालीमा चारलेनको पुल निर्माण गर्ने योजना अघि बढेको हो ’ ईन्चार्ज पालले भनिन् ‘दोधरा चाँदनी सुख्खा बन्दरगाहको योजना पनि हामीले अघि बढाएको हौँ, तर अहिले १८ वर्ष सांसद, मन्त्री भएकाहरुले मैलै गरेको हो भनेर गलत प्रचार गरिरहेका छन्, जनताका यर्थात थाहा छ ।’

त्यस्तै नेकपा एमाले कञ्चनपुरका पार्टी अध्यक्ष सुरेन्द्र विष्टले विश्वासको वातावरण कायम गरि भावनात्मक एकताका साथ अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए । उनले पार्टी नेतृत्वका सरकारले थुप्रै कामहरु गरेको भए पनि तिनेको प्रचार हुन नसकेको बताए । एमालेलाई आम निर्वाचनमा एकल बहुमतसहितको पहिलो पार्टी बनाउने गरि खटिन नेता कार्यकर्तालाई निर्देशित गरे ।

त्यस्तै एमाले नेता तथा संघिय सांसद डा. दिपक प्रकास भट्टले पछिल्लो पाँच वर्षमा यस क्षेत्रको दुरगामी महत्वसँग जोडिएका योजनाहरु अघि बढेको बताए । उनले पार्टी नेतृत्वको सरकार यस क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गरेको बताउँदै वर्तमान गठबन्धन सरकारबाट ती योजना रोक्ने र कटौती गर्ने काम भएको बताए ।

उनले लामो समयदेखि बन्द रहेको मझगाउँ विमानस्थल सञ्चालनका लागि तीन वटै सरकारको साझेदारी मोडेलमा त्यसका लागि अघि बढाएको बताउँदै महाकाली करिडोर, सुख्खा बन्दरगाह, महाकाली अस्पताल सुधार, महाकाली प्राविधिक शिक्षालय सञ्चालन लगायत दोधरा चाँदनीमा नहर निर्माणको काम अघि बढेको बताए ।

नेपाली कांग्रेसका नेता रमेश लेखकलाई संकेत गर्दै सांसद भट्टले भने जसलाई जनताले १८ वर्षसम्म केही नगरेको भन्दै चुनावमा घर फर्काए, तिनै अहिले जे भएको छ, त्यो सबै मैँले गरे भनेर स्याल हुयाँई मच्चाउँदै छन् ।’ दोधरा चाँदनीमा घरदैलो कार्यक्रम गरिरहेको लेखकले आफुले गरेको कामको जस लिन गलत प्रचार गरिरहेको उनको दावि छ । अघिल्लो स्थानीय निर्वाचन अघि कालोपत्रे सडक शुन्य झै रहेको दोधरा चाँदनीमा पछिल्लो समय करिब ८० किलोमिटर सडक कालोपत्रे र अन्य सडक सञ्जाल विस्तार गरिएको उनको भनाई छ ।

कञ्चनपुर क्षेत्र नम्बर नम्बर ३ बाट पटक–पटक चुनाव जितेर मन्त्री समेत बनेका कांग्रेस नेता लेखक अघिल्लो २०७४ सालको संघिय निर्वाचनमा एमाले नेता भट्टसँग पराजित भएका थिए । एमाले भीमदत्त नगर कमिटि अध्यक्ष चन्दले आम निर्वाचन केन्द्रीत भएको पार्टी गतिविधि अघि बढेको बताए ।

पार्टी प्रशिक्षणलाई वडासम्म लगिने उनले बताए । कञ्चनपुरमा नेकपा एमाले दोधरा चाँदनी र शुक्लाफाँटा नगरपालिकामा यस अघि नै नगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरि सकेको छ । जिल्ला कमिटिसँगको समन्वयमा सबै पालिकामा प्रशिक्षण कार्यक्रम आयोजना गरिने एमालेले जनाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्