‘गठबन्धनको स्वार्थ सत्ता मात्रै हो, देश बनाउने होईन्’: ईन्चार्ज पाल

महेन्द्रनगर । नेकपा एमाले पोलिट व्युरो सदस्य तथा कञ्चनपुर ईन्चार्ज निरुदेवि पालले गठबन्धन सरकार सत्ता स्वार्थको लागि मात्रै बनेको बताएकी छिन् । बुधबार नेकपा एमाले भीमदत्त नगर कमिटिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दैँ ईन्चार्ज पालले गठबन्धनको उद्देश्य सत्ता मात्रै भएको र देश बनाउने नभएको बताएकी हुन् ।
कार्यक्रम प्रमुख अतिथि रहेकी पालले समसामयिक राजनिति र पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएको मुख्य कामहरु बारे प्रशिक्षण दिएकी थिईन् । उनले स्वार्थका लागि बनेको गठबन्धनको उद्देश्य समृद्ध नेपाल, सुखि नेपालीको अभियान बोकेको एमालेलाई सत्तामा जानबाट रोक्नु मात्रै भएको दावि गरिन् । उनले देशको विकास र समृद्धीका लागि नेकपा एमालेले जित्नै पर्ने बताईन् ।
त्यस्तै उनले एमाले नेतृत्वको सरकारले लामो समय देखि बन्द रहेको मझगाउँ विमानस्थल पुनः सञ्चालन, दोधरा चाँदनी सुख्खा बन्दरगाह, महाकाली करिडोरलाई त्रिदेशी नाकाको रुपमा अघि बढाउने लगायतका योजनाको अघि बढाएको बताईन् । ‘२०७२ सालमा केपी ओली प्रधानमन्त्री हुदाँ महाकालीमा चारलेनको पुल निर्माण गर्ने योजना अघि बढेको हो ’ ईन्चार्ज पालले भनिन्
‘दोधरा चाँदनी सुख्खा बन्दरगाहको योजना पनि हामीले अघि बढाएको हौँ, तर अहिले १८ वर्ष सांसद, मन्त्री भएकाहरुले मैलै गरेको हो भनेर गलत प्रचार गरिरहेका छन्, जनताका यर्थात थाहा छ ।’ उनले अध्यक्ष ओली नेतृत्वको सरकारले गरेका काम जनतामाझ लगेर जान कार्यकर्तालाई निर्देशन दिईन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्