नेकपा एसतिर लागेका निवर्तमान वडाध्यक्ष भट्ट एमालेमै फर्किए, सांसद धामीले गरे स्वागत

महेन्द्रनगर । स्थानीय तह निर्वाचनअघि पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादी (एस) तिर लागेका बेदकोट नगरपालिकाको ४ नम्बर वडाका निवर्तमान वडाध्यक्ष भाष्कर भट्ट पुनः नेकपा एमालेमै फर्किएका छन् ।
एमाले छाडेर ५ महिना बिताउनुपर्दा दुःख लागेको बताउँदै नेता भट्टले आफू पुरानै पार्टीमा फर्किएको जनाएका छन् ।
बुधवार नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य नरबहादुर धामीले भट्टलाई स्वागत गर्दै एमालेमै फर्काएका छन् ।
एमाले प्रवेशपछि प्रेस विज्ञप्ति जारी गर्दै भट्टले २०७४ सालमा एमालेमै हुँदा आफूले वडाध्यक्षमा जितेको र एसतिर लागेपछि यसपालि चुनाव हार्नुपरेको बताएका छन् । नेकपा एमालेले कञ्चनपुरमा घर फर्क अभियान सञ्चालन गरेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्