बैतडीमा बलात्कार अभियोग लागेका क्याम्पस चिफ जेल चलान

बैतडी । बैतडीमा बलात्कारको आरोप लागेका पुरर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई जेल चलान गरिएको छ। जिल्ला अदालत बैतडीले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।
अदालत स्रोतका अनुसार कैलाली घर भई पुरर्चौंडीमा मजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस नेगीले बलात्कार गरेको आरोप लागेको थियो। गत असार २० गते पानी माग्ने निहुँमा महिलामाथि नेगीले बलात्कार गरेको आरोप लागेको हो। आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै महिलाले दिएको जाहेरीका आधारमा नेगीविरुद्ध इलाका प्रहरी कार्यालय पाटनमा जबर्जस्तीकरणी मुद्दा दर्ता गरिएको थियो।
आरोप लागेपछि नेगी गत साउन पहिलो साता आफैँ जिल्ला प्रहरी कार्यालय पुगेका थिए। आरोप लागेपछि क्याम्पस प्रमुख नेगीले यसअघि असार २७ गते पदबाट समेत राजीनामा दिएका थिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्