मेगा बचत तथा ऋण सहकारीद्धारा उत्प्रेरणा र बिक्री रणनीतिबारे तालिम

महेन्द्रनगर । कञ्चनपुरको मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले उत्प्रेरणा तथा बिक्री रणनीतिबारे तालिम आयोजना गरेको छ । मेघा सरकारीले कर्मचारी तथा सञ्चालकहरुका लागि दुई दिने तालिम आयोजना गरेको हो ।

शुक्रबारबाट सुरु भएको तालिम शनिबार समापन हुनेछ । सहकारीका कार्यकारी अधिकृत शुनिल कुमार सेठीले कर्मचारी र सञ्चालकहरुका लागि तालिमको आयोजना गरिएको बताए ।

उनका अनुसार तालिममा कर्मचारीहरुलाई उत्प्रेरणा तथा बिक्री रणनीतिबारे प्रशिक्षण दिईनेछ । कर्मचारीहरुको पुनरताजिकी तथा कार्य क्षेत्रमा थप उत्साह जागरण ल्याउने तालिमको उद्देश्य रहेको छ ।

उद्धघाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारको भुमी व्यवस्था तथा सहकारी मन्त्रालयका रजिष्ट्रार गोकुल बोहरा प्रमुख अतिथि रहेका थिए । उनले सहकारीले छरिएर रहेको पुजीलाई एकिकृत गरि लगानी प्रवद्र्धन र आर्थिक विकासमा महत्वपुर्ण भुमिका रहेको बताए । तामिलले कर्मचारीहरुमा निखारता र उर्जा थप्ने बताए ।

ठोक तथा एकिकृत व्यवसायी संघ सुप अध्यक्ष तथा उदयदेव बहुउद्देश्यीय सहकारीका कार्यकारी अधिकृत गणेश बहादुर चन्दले तामिल कर्मचारीका लागि महत्वपुर्ण रहेको बताए । त्यस्तै कञ्चनपुर बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष प्रेम सिंह भाटले पनि निरन्तर कार्य सम्पादनसँगै कर्मचारीको क्षमता विकासका लागि बेला–बेला तालिम आवश्यक पर्ने बताए ।

सहकारीका अध्यक्ष रघुनाथ ओझाको अध्यक्षतामा भएको कार्यक्रममा मोटिभेसनल स्पीकर तथा मनोवैज्ञानिक योगी नवराज चामले मुख्य प्रशिक्षण रहेको छन् । उनले मोटिभेसनसँगै बिक्रि रणनीतिबारे तामिल दिनेछन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्