पिएलए परियोजना सञ्चालनका लागि अध्ययन गरिदैँ

महेन्द्रनगर । प्रकृति अनुकुल जनजीवन र विकासका गतिविधि सञ्चालनका लागि भु–परिधिमा आधारीत मावन प्रकृति समन्वयिक अवधारणा(पिपुल्स् ल्याण्डस्केभ एप्रोज–पिएलए) परियोजनाबारे अध्ययन थालिएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपापालिका, डडेल्धुराको परशुराम नगरपालिका, आलिताल गाउँपालिका र डोटीको जोरायल गाउँपालिकामा भु–परिधिमा आधारीत मावन प्रकृति समन्वयिक अवधारणाका लागि परियोजना सञ्चालन गर्न लागिएको हो । परियोजना सञ्चालन पुर्व भौगोलिक अवस्था र जनजीवन लगायतका विविध विषयबारे अध्ययन गरिने छ ।

रंगुन जलाधार क्षेत्र, आलिताल, परशुराम हुदैँ भीमदत्तको खल्ला मसेठ्ठी क्षेत्रमा परियोजनाले काम गर्ने बताईएको छ । निड्स नेपाल, सिएसआरसी, लि बर्ड र अक्सफामको साझेदारी सञ्चालन हुने यस परियोनाको शुक्रबार महेन्द्रनगरमा परिचयात्मक गोष्ठी सम्पन्न भएको छ ।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सरोकावाला समुह र साझेदार निकायका प्रतिनिधि लगायत स्थानीयको सहभागीता रहेको थियो । कार्यक्रम बोल्दै आत्म निर्भर केन्द्रकी अभियान संयोजक कल्पना कार्कीले भु उपयोग नीति कार्यान्वय, भुमिको अधिकार सुनिश्चत, खेती योग्य जमिनको संरक्षण, आवासीय क्षेत्रको ग्यारेन्टीलगायत प्रकृति अनुकुलन विकास अवधारणालाई अघि बढाउन परियोजनाले काम गर्नेछ ।

अक्सफामका रिभर बेसिन म्यानेजर राजन सुवेदीले विगतमा मानव केन्द्रीत विकासमा जोड दिईएकोले अब प्रकृति अनुकुलन विकासको अवधारणा अघि सार्नु पर्ने आवश्यकता रहेको बताए । उनले रंगुन जालधार क्षेत्रसँगै महाकाली नदी तटिय क्षेत्रमा नमुना परियोजननाको रुपमा सञ्चालन गरिने बताए । परियोजनाको सफल परिक्षणपछि यसलाई विस्तार गरिने योजना रहेको छ ।
त्यस्तै निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मी पिपुल्स् ल्याण्डस्केभ एप्रोजको अवधारणालाई अगाडी बढाउन खोजेको बताए । उनले यस अवधारणा अनुसार काम गर्न सकिए दिगो विकासलाई महत्वपुर्ण टेवा पुग्ने बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्