चुनाव केन्द्रीत रणनीतिक प्रशिक्षणमा व्यस्त एमाले, ६ पालिकामा सकियो कार्यक्रम

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले चुनाव केन्द्रीत गतिविधिलाई तिव्रताका साथ अघि बढाएको छ । आसन्न संघ र प्रदेशको निर्वाचनलाई लक्षीत गरि एमाले कञ्चनपुरले पार्टी प्रशिक्षण कार्यक्रमलाई तिव्रता दिएको हो । पालिका–पालिकामा प्रशिक्षण कार्यक्रम गरिरहेको एमाले चुनाव केन्द्रीत रणनीतिमा व्यस्त छ ।

दोधरा चाँदनीबाट पालिका स्तरिय प्रशिक्षण सुरु गरेको एमालेले जिल्लाका छ वटा पालिकाका कार्यक्रम सम्पन्न गरेको जनाएको छ । आईतबार मात्रै एमालेले कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकामा प्रशिक्षण सम्पन्न गरेको छ ।
अघिल्लो निर्वाचनमा नेकपा माओवादीसँगको तालमेलमा दुई संघिय र चार प्रदेश सभा जितेको एमाले विरासत कायम राख्ने रणनीतिमा लागेको छ ।

एमालेबाट संघिय निर्वाचन जितेका डा. दिपक प्रकाश भट्ट र नर बहादुर धामीबाहेक तीन वटै प्रदेश सभा सदस्य प्रकास बहादुर रावल, लाल बहादुर खड्का, तारालामा तामाङ्क र कुलविर चाैधरी अहिले नेकपा एकिकृत समाजवादीतर्फ लागेका छन् ।

एमालेले दोधरा चाँदनी, वेदकोट, शुक्लाफाँटामा पनि प्रशिक्षणको कार्यक्रम यसअघि नै सम्पन्न गरिसकेको छन भने बेलौरी, पुनर्वास र बेलडाँडी गाउँपालिका बाँकी रहेको छ । बेलौरी र पुनर्वास नगरपालिमा सोमबारका लागि प्रशिक्षणको कार्यक्रम तय गरिएको एमाले कञ्चनपुरका पार्टी उप सचिव कर्ण बहादुर चन्दले बताए ।

उनका अनुसार प्रशिक्षण कार्यक्रम एमाले नेतृत्वको सरकारले गरेको कामहरु, पार्टीको भिजन र समसामयिक राजनीति विषयवस्तुमा नेता कार्यकर्तालाई प्रशिक्षणको दिने काम भईरहेको छ ।

प्रशिक्षण कार्यक्रममा नेकपा एमालेकी पोलिट व्युरो सदस्य तथा कञ्चनपुर ईन्चार्ज निरुदेवी पाल, जिल्ला सह–ईन्चार्जहरु, पार्टी अध्यक्ष सुरेन्द्र विष्ट, संघिय सांसद दिपक प्रकास भट्ट, नगर बहादुर धामी, लगायत केन्द्रीय, प्रदेश र जिल्ला कमिटि र विभिन्न विभागका नेताहरु सक्रिय छन् ।
नगर स्तरिय प्रशिक्षणपछि चुनावी रणनीति तयार गरि वडासम्म कार्यक्रम लग्ने एमालेको योजना छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्