निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षका लागि अवस्थीको उम्मेदवारी घोषणा

महेन्द्रनगर । कञ्चनपुर निर्माण व्यवसायी संघको अध्यक्षका लागि व्यवसायि पुष्पराज अवस्थीले उम्मेदवारी घोषणा गरेका छन् । व्यवसायि अवस्थीले बिहिबार पत्रकार सम्मेलन गरेर १४ औं अधिवेशनमा अध्यक्ष पदको उम्मेदवार घोषणा गरेका हुन् ।
केही समर्थक निर्माण व्यावसायीका साथ पत्रकार सम्मेलन गरेका अवस्थीले टिम भने अहिले नबनाएको बताए ।
‘ भदौ १४ गते सम्म नविकरणको समय छ, त्यसपछि टिम सार्वजनिक गर्छौ ।’ २०५४ सालदेखि निर्माण व्यावसायीमा आबद्ध अवस्थी हाल कंचनपुर निर्माण व्यवसायी संघको वरिष्ठ उपाध्यक्ष समेत हुन् । यस अघि उनले एक कार्यकाल सदस्य र एक कार्यकाल उपाध्यक्ष सहित तीन कार्यकाल संघको पदाधिकारीमा अनुभव सम्हालेका छन् ।
कोरोना संक्रमणपछि गरिएको लकडाउनका कारण व्यवसायिलाई परेको समस्या, महङ्गी र सरकारी नितिका कारण निर्माण व्यवसायीहरुमा देखा परेको समस्या समाधानका लागि पहल गर्ने उनले बताए ।
साथै निर्माण व्यवसायिहरुको एकता र संस्थागत विकासका लागि काम गर्ने उनको योजना छ ।
भदौ २५ गते कञ्चनपुर निर्माण व्यवसायी संघको नयाँ नेतृत्वको लागि मतदान हुदैछ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्