कोराना खोपका लागि समुदाय परिचालन परियोजना सञ्चालन गदैँ निड्स

महेन्दनगर । कञ्चनपुरको सामाजिक संस्था निड्सले जिल्लाका नौ वटै पालिकामा निड्स नेपालले कोरोना खोप का लागि समुदाय परिचालन परियोजना सञ्चालन गर्ने भएको छ । पुर्ण कोरोना खोप पालिका बनाउन सहयोग पु¥याउने उद्देश्यका साथ निड्सले परियोजना सुरु गरेको हो । निड्सले जर्मन सहयोग, जिआईजेडको सहयोग तथा स्थानीय तहहरुसँगको समन्वयमा परियोजना सञ्चालन गर्न लागेको हो ।
पहिलो चरणमा पालिकामा परियोजनाबारे जानकारी गराउने कार्यक्रम गरिरहेको परियोजना संयोजक विनोद कडाराले जानकारी दिए । उनका अनुसार जिल्लाका सात पालिकामा परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ भने शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा बाँकी छ । परियोजनाले कोरोना खोपबारे जनचेतना अभिवृद्धि गर्ने र छुटेको सामुदायको खोप कार्यक्रम सञ्चालन गर्नेछ । त्यसका लागि सामाजिक परिचालक, स्वास्थ्य स्वयम सेविका परिचालन गरिने छन् ।
निड्सले शुक्रबार भीमदत्त र वेदकोट नगरपालिकामा परियोजनाबारे जानकारी सहितको छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
स्वास्थ्य कार्यायल कञ्चनपुरका फोकल प्रश्न जनक कुवँरले खोप अभियानमा परियोजना सहयोग पु¥याउन अपेक्षा व्यक्त गरे । उनले पछिल्लो समय समय खोप अभाव देखिएकोले त्यसको लागि कार्यालयले पहल गरिरहेको बताए ।
कार्यक्रममा बोल्दैँ भीमदत्तका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले पालिकाको खोप कार्यक्रमसँगै परियोजनालाई सञ्चालन गर्ने पर्नेमा जोड दिए । उनले खोप अभियानका लागि जनचेतनाको अभाव देखिएकाले परियोजनाले जनचेतना अभिवृद्धि मुलक कार्यक्रममा पनि जोड दिनुपर्ने बताए ।
त्यस्तै वेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले परियोजना महत्वपुर्ण रहेको बताउँदै त्यस पुर्ण खोप अभियानमा सहयोग पुग्ने बताए । निड्स नेपालकी अध्यक्ष अञ्जु जोशी भट्टले घुम्ती शिविर तथा पुर्ण खोप अभियानमा परियोजनाले सहयोग गर्ने बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्