महेन्द्रनगर । होटल व्यवसायी संघ नेपाल(हान) कञ्चनपुरले संस्थाको नयाँ लोगो पारित गरेको छ । संघको २६ औं वार्षिक साधारण सभामा हानले नयाँ लोेगोको पारित गरेको हो । शनिबार महेन्द्रनगरमा सम्पन्न भएको संघको वार्षिक साधारण सभाले नयाँ लोगो पारित गर्नुका साथै स्मारिका प्रकाशन गर्ने निर्णय पनि गरेको छ ।
संघका अध्यक्ष जगदिश चन्द्र भट्टले संघले यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सत्कार नामक स्मारिका प्रकाशन गर्ने भएको छ । अध्यक्ष भट्टको ड्रिम प्रोजेक्टको रुपमा रहेको सत्कार प्रकाशनमा यस क्षेत्रका पर्यटकीय क्षेत्रहरु, स्थानीय होटलहरुको सेवा सुविधा लगायतका जानकारीमुलक सामाग्रीहरु समेटिनेछन् ।
संघका अध्यक्ष भट्टको अध्यक्षतामा भएको सभामा सुदूरपश्चिम प्रदेश आर्थिक मामिला मन्त्री माननीय प्रकाश रावल प्रमुख रहेका थिए । भने कार्यक्रममा भीमदत्त नगरपालिकाका उपमेयर, होटल व्यवसायी लगायत विभिन्न पेशा व्यवसायमा आवद्ध व्यवसायीहरुको सहभागीता रहेको थियो ।
साधारण सभामा संघको वार्षिक प्रतिवेदन प्रस्तुतिसँगै आगामी कार्ययोजना तथा रणनीतिबारे छलफल गरिएको थियो । सभामा होटल व्यवसायी संघको केन्द्रीय सचिव तथा हानका निर्वमान प्रमानन्द भण्डारीले अध्यक्ष कोभिड–१९ का कारण थला परेको व्यवसायलाई स्थानीय तथा प्रदेश सरकारले व्यवसायीहरुको सहुलियतका लागि कर तथा अन्य सेवा सुविधामा सहयोग गर्नेपर्ने बताए । पर्यटन विकासको होटल व्यवसायिको महत्वपुर्ण भूमिका रहेको उनको भनाई छ ।
होटल व्यवसायी संघ कञ्चनपुरको नयाँ लोगो अनावरण गर्दै प्रमुख अतिथि रावलले होटल व्यवसाय तथा पर्यटन व्यवसायको विकासमा संघको भुमिकाको प्रशंसा गरे । उनले होट व्यवसायी संघ कञ्चनपुरको आयोृजना गर्दै आएको खाद्य मेला सञ्चालन लागि प्रदेश सरकारले दश लाख बजेट विनियोजन गरेको समेत जानकारी दिए ।