केन्यासँग आज निर्णायक खेल खेल्दैँ नेपाल

काठमाडौं । नेपाल र केन्याबीचको पाँचौ तथा अन्तिम टी–२० खेल आज हुँदैछ ।

यसअघिका चार खेल मध्ये दुवैले दुई÷दुई खेल जितेकोले आजको खेल शृंखलाको निर्णायक हुनेछ । आजको खेल जित्नेले शृंखला जित्नेछ ।

चौथो खेलमा नेपालसामु शृंखला जित्ने अवसर भए पनि १०२ रनको लक्ष्यसमेत पूरा गर्न नसक्दा ७ रनले पराजित भएको थियो ।

पहिलो र तेस्रो खेल नेपालले जित्दा केन्याले दोस्रो र चौथो खेल जितेको थियो ।

यस शृखलामा नेपालको ब्याटिङ चिन्ताको विषय बनिरहेको छ । एकरुपको प्रदर्शन गर्न नसकेको नेपाल जितनजिक पुगेर पनि चुक्दै आएको छ । त्यसैले शृंखलाको निर्णायक खेलमा नेपालले ब्याटिङमा सुधार गर्नु आवश्यक छ ।

केन्या जानुअघि आईसीसी टी–२० वरीयता सुधार गर्ने लक्ष्य राखे पनि शृंखलाकै बीचमा नेपालको वरीयता खस्किसकेको छ । आईसीसीले जारी गरेको पछिल्लो वरीयतामा नेपाल १५औं स्थानमा झरेको छ ।

अन्तिम खेल जित्दै शृंखला जितेमा नेपाल वरीयतामा यथावत रहनेछ ।पराजित भएमा रेटिङ अंङ्क घट्नेछ र वरीयतामा अझ पछि पर्नेछ । त्यसैले अन्तिम खेल नेपालका लागि महत्वपूर्ण छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्