रौतहटमा चट्याङ लागेर ३ जनाको मृत्यु, ११ जना घाइते

रौतहट — रौतहटको गरुडा नगरपालिकामा मंगलबार बिहान चट्याङ लागेर तीन जना महिलाको मृत्यु भएको छ । त्यस्तै चट्याङ लागेर ११ जना घाइते भएका छन् ।
गरुडा–३ मलाहीका स्थानीय सरोज सहनीको धान खेतमा काम गर्न गएका महिलाको चट्याङ लागेर मृत्यु भएको हो । उनीहरूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मलाही गाउका ३९ वर्षकी सुदमिया देवी, उनको छोरी १७ वर्षकी जगिया कुमारी र स्थानीय १८ वर्षीया छोरी मनिषा कुमारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ ।

घाइते सबैको गरुडा अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी गौरका प्रवक्ता डीएसपी सुनिल मल्लले चट्याङ लागेर तीन जनाको मृत्यु भएको जनाए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्