मेगा सकोसको बार्षिक साधारण सभा भदौ ३१ मा, यस्ता छन् प्रस्ताव

महेन्द्रगर । कञ्चनपुरको महेन्द्रनगरस्थित मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९ औँ वार्षीक साधारण सभाको मिति तय भएको छ । सहकारीले सार्वजनिक सुचनामार्फत संस्थाको वर्षीक साधारण सभा आउँदो भदौ ३१ शुक्रबार गर्ने जानकारी दिएको छ ।
सहकारीका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार सेठीले भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तथा प्रस्तावहरु तय गरेको बताए । उनका अनुसार सञ्चालक समितिको बैठकले साधारण सभाका लागि अध्यक्षको वार्षिक प्रतिवेदन, अगामी वर्षको बजेट, लेखा समितिको प्रतिवेदन, शेयर लाभाशं वितरण लगायतका १३ वटा प्रस्ताव पेश गरेको छ ।
महेन्द्रनगरको भानु पार्टी प्यालेसमा आयोजना हुने साधारण सभामा उक्त प्रस्तावबारे छलफल गरि पारित गरिने छन् । मेगा सकोसमा अहिले १३ हजार ८ साधारण सदस्यहरु आवद्ध छन् ।


यस्ता छन् ९ औँ साधारण सभाका प्रस्तावहरुः

१. अध्यक्षद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन आगामी बर्षको निती तथा छलफल गरी पारित गर्ने सम्वन्धमा ।
२. कोषाध्यक्षद्धारा प्रस्तुत आगामी बर्षको बजेट माथि छलफल गरी पारित गर्ने सम्वन्धमा ।
३. लेखा समितीबाट प्रस्तुत प्रतिबेदन उपर छलफल गरी पारित गर्ने सम्वन्धमा ।
४. बार्षिक लेखा परिक्षण प्रतिबेदन उपर छलफल गरी पारीत गर्ने सम्वन्धमा ।
५. आगामी बर्षको लेखापरिक्षको नियुक्ती तथा निजको पारिश्रमीक निर्धारण गर्ने सम्बन्धमा ।
६. शेयर लाभाशं बितरण सम्बन्धमा छलफल गरी पारीत गर्ने सम्वन्धमा ।
७. गत आवमा सञ्चालक समितीले गरेका निर्णयहरु अनुमोदन गर्ने तथा आगामी बर्षको लागी अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।
८.विनियम संसोधन गर्र्नेे सम्वन्धमा ।
९. बाह्य दायित्व स्विकार गर्ने सम्बन्धमा ।
१०.सदस्यको दायित्व मिनाह गर्ने सम्बन्धमा ।
११.विनियम पुनर्लेखन गर्ने सम्वन्धमा ।
१२. निर्णय लेखन र प्रमाणिकरणका लागी प्रतिनिधि चयन गर्ने सम्बन्धमा ।
१३. विविध सम्बन्धमा ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्