‘समृद्ध नेपाल, सुखि नेपाली’ को राष्ट्रिय आकाङ्क्षामाथि नै प्रहार भईरहेको छ’ ईन्चार्जः भट्ट

महेन्द्रनगर । नेकपा (एमाले) का केन्द्रीय सचिव तथा सुदूरपश्चिम ईन्चार्ज लेखराज भट्ट समृद्ध नेपाल, सुखि नेपालीको राष्ट्रिय आकाङ्क्षामाथि नै प्रहार भईरहेको बताएका छन् । मंगलबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दैँ ईन्चार्ज भट्टले देश विदेशी शक्तीबाट एमालेले अघि सारेको राष्ट्रिय आकांङक्षामाथि नै प्रहार खुलासा गरेका हुन् ।

‘नेकपा एमालेले अघि सारेको समृद्ध नेपाल, सुखि नेपाली नारा मात्रै होईन्, विचार र दर्शन पनि हो ।’ उनले भने ‘अहिले यस अभियानलाई असफल बनाउन प्रहार भईरहेको छ, देशी–विदेशी शक्तीहरुको नपचेको मैँले अनुभुती गरेको छु ।’
महेन्द्रनगरमा हुने पार्टी प्रवेश कार्यक्रमको पुर्वसन्धामा आयोजित पत्रकार सम्मेलनमा ईन्चार्ज भट्टले विभिन्न पार्टी परित्याग गरि पाँच सय बढी नेताहरुले एमाले प्रवेश गर्ने बताए ।

साथै उनले नागरिकता विधेयक राष्ट्रहित विपरित आएको बताउँदै गठबन्धनको सरकारले राष्ट्रपति संस्थाको गरिमाको सम्मान गर्न नसकेको आरोप समेत लगाए । १५ बुदेँ सन्देशसहित राष्ट्रपतिले संसदमा फिर्ता पठाई दिएको नागरिकता विधेयकमा दफावार छलफल नै नगरि जस्ताको त्यस्तै पुनः पारित गरिएकोमा उनले आपक्ति जनाए ।

साथै एमाले विरुद्ध गठबन्धन सरकारले भ्रम फैलाईरहेको बताउँदै पार्टी देशको समृद्धि र विकासका लागि स्पष्ट नीतिसहित अघि बढेको बताए । ‘पार्टी विभाजन नेकपा कै निरन्तरता रहेको बताउँदै ईन्चार्ज भट्टले भने ‘अदालतले बनाई दिएको परमादेशी सरकार जनादेशबाट फालिन्छ्, निर्वाचनपछि बहुमतसहितको एमालेको सरकार बन्छ’ उनले भने । त्यस्तै केही समय बाटो विराए विभाजनमा लागेका नेताहरु मुल घरमा फर्किने क्रम जारी रहने पार्टीको नीति अनुसार जिम्मेवारी दिएर व्यवस्थापन गरिने उनको भनाई छ ।

बुधबार महेन्द्रनगरमा आयोजना भईरहेको पार्टी प्रवेश कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका पुर्व अर्थमन्त्री एवंम् नेकपा एकिकृत समाजवादीका नेता तारातामा तामाङ्ग, सुदूरपश्चिम अध्यक्ष विक्रम शाहीलगायतका नेताहरु एमालेमा फर्किदैँ छन् । पार्टी प्रवेशका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली महेन्द्रनगर आउने कार्यक्रम तय गरिएको छ । कार्यक्रममा तयारी भईरहेको नेकपा एमाले कञ्चनपुरका पार्टी अध्यक्ष सुरेन्द्र विष्टले बताए । साथै उनले कार्यक्रमलाई सफल बनाउन सबैको सहयोग मिल्ने अपेक्षा पनि व्यक्त गरे ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्