बुधबार अध्यक्ष ओली महेन्द्रनगर आउदैँ, पाँच सय बढी नेताहरुले एमाले प्रवेश गर्ने

महेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधवार महेन्द्रनगर आउने भएका छन् । विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन ओली महेन्द्रनगर आउने लगेका हुन् ।
नेकपा एमाले कञ्चनपुरले मंगलबार पत्रकार सम्मेलनमार्फत कार्यक्रमको तयारीबारे जानकारी गराएको छ । महेन्द्रनगरको स्मारक चोकमा दिउँसो १२ बजे हुने कार्यक्रमको तयारीका लागि जिल्ला अध्यक्ष सुरेन्द्र विष्टको संयोजकत्वमा मूल परिचालन समिति गठन गरि काम भईरहेको छ ।
जन सभा तथा पार्टी प्रवेश कार्यक्रममा समाजवादीका प्रदेश अध्यक्ष विक्रम शाही, प्रतिनिधि सभा सदस्य विना बुढाथोकी, प्रदेश सभा सदस्य तारालामा तामाङ, नेता बीरबहादुर बुढाथोकी, बेदकोट नगरपालिकाका निर्वतमान मेयर अशोक चन्द, नेता रामचन्द्र रेग्मीलगायत नेताहरु पार्टी प्रवेशको कार्यक्रम छ ।
त्यस्तै केही माओवादीका नेताहरु समेत एमाले प्रवेश गर्ने बताईएको छ । महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम ईन्चार्ज लेखराज भट्टले कैलाली र कञ्चनपुरका गरि पाँच सय बढी नेताहरुले एमाले प्रवेश गर्ने बताए ।
विभिन्न पार्टी परित्याग गरि केन्द्रीय, प्रदेश, जिल्ला तथा नगर स्तरिय नेताहरु एमाले प्रवेश गर्ने उनको भनाई छ ।
‘नेकपा एमालेले अघि सारेको समृद्ध नेपाल, सुखि नेपाली नारा मात्रै होईन्, विचार र दर्शन पनि हो ।’ पत्रकार सम्मेलनमा उनले भने ‘अहिले यस अभियानलाई असफल बनाउन प्रहार भईरहेको छ, देशी–विदेशी शक्तीहरुको नपचेको मैँले अनुभुती गरेको छु ।’
साथै उनले नागरिकता विधेयक राष्ट्रहित विपरित आएको बताउँदै गठबन्धनको सरकारले राष्ट्रपति संस्थाको गरिमाको सम्मान गर्न नसकेको आरोप समेत लगाए । १५ बुदेँ सन्देशसहित राष्ट्रपतिले संसदमा फिर्ता पठाई दिएको नागरिकता विधेयकमा दफावार छलफल नै नगरि जस्ताको त्यस्तै पुनः पारित गरिएकोमा उनले आपक्ति जनाए ।
साथै एमाले विरुद्ध गठबन्धन सरकारले भ्रम फैलाईरहेको बताउँदै पार्टी देशको समृद्धि र विकासका लागि स्पष्ट नीतिसहित अघि बढेको बताए । ‘पार्टी विभाजन नेकपा कै निरन्तरता रहेको बताउँदै ईन्चार्ज भट्टले भने ‘अदालतले बनाई दिएको परमादेशी सरकार जनादेशबाट फालिन्छ्, निर्वाचनपछि बहुमतसहितको एमालेको सरकार बन्छ’ उनले भने । त्यस्तै केही समय बाटो विराए विभाजनमा लागेका नेताहरु मुल घरमा फर्किने क्रम जारी रहने पार्टीको नीति अनुसार जिम्मेवारी दिएर व्यवस्थापन गरिने उनको भनाई छ ।
कार्यक्रममा तयारी भईरहेको नेकपा एमाले कञ्चनपुरका पार्टी अध्यक्ष सुरेन्द्र विष्टले बताए । साथै उनले कार्यक्रमलाई सफल बनाउन सबैको सहयोग मिल्ने अपेक्षा पनि व्यक्त गरे । पत्रकार सम्मेलनमा एमाले पोलिट् व्युरो सदस्य तथा कञ्चनपुर ईन्चार्ज निरुदेवी पाल, सह ईन्चार्जद्धय नर बहादुर धामी, कृपाराम राना, केन्द्रीय लेखा आयोगका सदस्य ईश्वरी खरेल, युवा संघका पुर्व अध्यक्ष बचन बहादुर सिंहलगायत लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्