सुदूरपश्चिम सरकारको प्रमुख सचिवमा दुवाडी

धनगढीः सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको प्रमुख सचिवमा नारायण प्रसाद शर्मा दुवाडी आएका छन्। बुधबारबाट उनले आफ्नो कार्यभार सम्हाल्ने भएका छन्।
उनी यसअघि प्रधानमन्त्रीको कार्यालयमा कार्यरत थिए। विगत लामो समयदेखि प्रदेश सरकार प्रमुख सचिवविहीन बनेको थियो। यसअघिका प्रमुख सचिव मधुसुदन बुर्लाकोटीलाई गुपचुपमै सुरुवा गरिएपछि प्रदेश सरकार निमित्तको भरमा चलेको थियो। प्रदेश सरकारलाई थाहै नदिई संघीय सरकारले बुर्लाकोटीलाई प्रधानमन्त्री कार्यालयमा तानेको थियो।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्