उदयदेव सहकारीको कुल सम्पत्ति २ अर्व नजिक, बचत मात्रै १ अर्व ३१ करोड बढी

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित केन्द्रीय कार्यालय रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड निक्षप संकलन एक अर्व ३१ करोड ७६ लाख नाघेको छ । २०५६ सालमा १० लाख पुजी संकलन गरि स्थापना भएको यस सहकारी साउनसम्ममा उक्त निक्षप संकलन गरेको हो ।
सहकारीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) गणेश बहादुर चन्दले सहकारीको निक्षप संकलन निरन्तर बढ्दै गएको बताए । उनका २५ जना शेयर सदस्यबाट सुरु भएको उदयदेव सहकारीमा अहिले २८ हजार बढी सदस्य आवद्ध छन् ।
त्यस्तै सहकारीले साउनसम्ममा एक अर्व ५६ करोड बढी ऋण लगानी गरिसकेको छ । भने सहकारीको शेयर पुजी १६ करोड १५ लाख र जगेडा लगायतको अन्य कोष १८ करोड ५६ लाख रहेको ७२ हजार रहेको छ । त्यस्तै सहकारीको कुल सम्पत्ति एक अर्व ९३ करोड नाघेको सिईओ चन्दले बताए । दैनिक बचत संकलन र सामान्य कर्जाबाट सुरु भएको उदयदेव सहकारीले अहिले वार्षिक करोडौँको कारोबार गर्दै आईरहेको छ ।
कैलाली, कञ्चनपुरसँगै बैतडी र डडेल्धुरा गरि १० वटा शाखाबाट सेवा दिईरहेको यस सहकारीले कृषी र लघु उद्यमलाई प्रोत्साहन गर्दै आईरहेको छ । सहकारी चालु आर्थिक वर्षमा मात्रै तीन हजार बढी लघु उद्यमी उत्पादन गर्ने लक्ष्य लिएको छ । बचतकर्ताको सहजताका लागि सहकारीले एटीएम सेवा पनि सञ्चालन गर्ने योजना बनाएको छ ।
उक्त सेवाका लागि सहकारीले राष्ट्रिय सहकारी बैंकसँग सम्झौता गरिसकेको छ । तीन महिनापछि एटिएम सेवा सुरु हुने बताउँदै सिईओ चन्दले सेवा सुरु भएपछि निक्षेपकर्ता चाहे अनुसार जुनसुकै समयमा पनि खाताबाट पैसा झिक्न सक्ने उल्लेख गरे ।
गत वर्ष शेयर धनीलाई १८ प्रतिशत लाभान्स वितरण गरेको सहकारीले पुजी संरक्षीत फिर्ता कोषको कारोबारका आधारमा बचतमा २.५३ प्रतिशत अतिरिक्त ब्याज दिएको छ भने कर्जा धनीहरुलाई पनि ४.५ प्रतिशत ब्याजमा छुट उपलब्ध गराएको छ । साथै सहकारीले वित्तिय सारक्षरता, विद्यालयस्तरिय कार्यक्रम र सामाजिक कार्यहरुलाई पनि प्राथमिकताका साथ अगाडी बढाउदैँ आएको सिईओ चन्दको भनाई छ । सहकारीले विउ प्रशोधन केन्द्र सञ्चालन गरेर कृषी उत्पादनमा जोड दिएको छ ।
केन्द्रमार्फत गत वर्ष सहकारीले करिब पाँच सय क्वीन्टल बढी बिउ किसानलाई बिक्री गरेको छ । भने किसानको उत्पादनलाई बजार मुल्यमा भन्दा १० प्रतिशत बढीमा खरिद गर्ने गरेको सहकारीले जनाएको छ । सहकारीले छरिएर रहेको सानो पुजीलाई एकिकृत गरि उत्पादनमुलक क्षेत्रमा लगानी गरि आर्थिक विकास टेवा पु¥याउँदै आईरहेको सिईओचन्दले बताए । साथै बैंकहरुले कर्जा प्रवाहमा कडाई गर्दा सहकारीमा कर्जा लिनेको चाप बढेको पनि उनले बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्