महेन्द्रनगरमा ग्लोबल आइएमई बैंककाे वित्तीय साक्षरता र डिजिटल बैकिङ्गबारे कार्यक्रम

महेन्द्रनगर । ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरता डिजिटल बैकिङबारे कार्यत्रम सञ्चालन गरिएको छ । साेमबार महेन्द्रनगरमा बैंककाे सुदूरपश्चिम प्रादेशिक कार्यालयकाे आयोजनामा एक दिने वित्तीय साक्षरता डिजिटल बैकिङबारे कार्यक्रम आयोजना गरिएको हो ।
बैंकले सेवाग्राही र स्थानीयलाई वित्तीय साक्षरतासँगै डिजिटल बैकिङ्गबारे जानकारी दिन कार्यक्रम आयोजना गरिएको महेन्द्रनगर शाखा प्रवन्धक दिपेन्द्र बहादुर सिंहले बताए । उनका अनुसार नगदरहित अवधारणा अनुसार अनलाइन काराेबार वृद्धि गर्न कार्यक्रम गरिएको हाे । उनले बैंकका वर्तमान अवस्था र सेवाहरुमा सहभागीलाई जानकारी गराएका थिए। बैकिङ्ग सेवालाई परम्परागतबाट पुर्ण रुपमा आधुनिक बनाउने र अनलाइन सेवा लिने पद्धतिकाे विकासमा बैंकले जाेड दिएकाे छ । नेपालकै निजी क्षेत्रकाे ठुलो बैंककाे रुपमा रहेकाे यस बैंकले नेपालसँगै देश बाहिर पनि सेवा प्रवाह गर्दै आइरहेको छ ।
कार्यक्रममा बैंकका सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्द प्रशाद भट्टले वित्तीय साक्षरता र डिजिटल बैकिङबारे सेवाग्राहि अपडेट गराउन कार्यक्रम आयोजना गरिएको बताए । बैंकले वर्षनि उत्त कार्यक्रम गर्दै आएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्