निर्माण व्यवसायी संघ कञ्चनपुरकाे अधिवेशनका लागि अध्यक्षका प्रत्यासि अवस्थीले गरे प्यानल घोषणा

महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरको १४ औं अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार पुष्पराज अवस्थीले प्यानल घोषणा गरेका छन् ।
संघको वरिष्ठ उपाध्यक्ष समेत रहेका अवस्थीले आईतवार पत्रकार सम्मेलन गरि प्यानल घोषणा गरेका हुन् ।
अवस्थी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा अमर बहादुर बम, उपाध्यक्षमा शक्ति पन्त, महासचिवमा अमर मल्ल( दिनेश), सचिवमा सुर्य चन्द, कोषाध्यक्षमा तेज बहादुर चन्द र सहकोषाध्यक्षमा यज्ञ बैज रहेका छन् ।
यस अघि संघको पुर्व वरिष्ठ उपाध्यक्ष निरन्जनप्रशाद भट्टले टिम घोषणा गरि प्रचार प्रसार तिब्र पारेका छन् । भट्टलाई अधिकांश पुर्व अध्यक्षहरुको साथ छ । अवस्थी युवा निर्माण व्यवसायीहरुको समर्थनमा मैदानमा उत्रेका छन् ।
उनले आफ्नो टिमको जितसंङ्गै निर्माण व्यवसायीको हकहित, विविध समस्या समाधान एवं निर्माण व्यवसाय पेशालाई मर्यादित बनाउने बताए ।
“कोभिडको मार खेपेका निर्माण ब्यवसायीलाई महङ्गी र सरकारको नितिले झन लथालिङ्ग बनाएको छ” पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पदका उम्मेदवार अवस्थीले भने ” ब्यवसायिक हितका जस्तोसुकै कदम चाल्न तयार छु ।”
पत्रकार सम्मेलनमा संघका पुर्व अध्यक्ष रामदत्त लेखक, कंचनपुर उधोग बाणिज्य संघका पुर्व अध्यक्ष सुरेश रावल, गजेन्द्र चन्द, पुर्व पदाधिकारी र युवा निर्माण ब्यवसायीहरुले अवस्थी टिमलाई समर्थन जनाउदै सहभागी भएका थिए ।
पुर्व अध्यक्षका तर्फबाट गजेन्द्र बहादुर चन्दले सम्बोधन गर्दै अवस्थी टिम संघको नेतृत्व गर्न सक्ने युवा ब्यवसायीको टिम भएकोले अवस्थी प्यानललाई जिताउन अपिल गरे ।
यहि भदौ २५ गते निर्माण ब्यवसायी संघको निर्वाचन हुदैछ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्