जन्म दिनको अवसरका लेखापाल धानुकद्धारा अनाथालयमा फलफुल वितरण

महेन्द्रनगर । कञ्चनपुरको लालझाडी गाउँपालिकाका लेखापाल बसन्त धानुकले जन्मोत्सव अनाथालयमा मनाएका छन् । बुधबार महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा फलफुल वितरण गरि उनले जन्मदिन मनाएका हुन् ।
जन्मदिनको अवसरमा उनले फलफुल र मिठाई वितरणसँगै केक काटेर जन्म दिन मनाए ।

फजुल खर्च नगरि अनाथ बालबालिकासँग आफुले खुसि साटेर जन्मोत्सव मनाएको उनले बताए । सानो सहयोगले अनाथालयमा रहेका बालबालिकासँगलाई हसौला प्रदान हुने भएकोले उक्त कार्यक्रम गरिएको उनले बताए ।

साथै जन्म दिनमा गरिने फजुल खर्च कटौति गरि सामाजिक कार्यमा सबैले जोड दिनुपर्ने उनको सुझाव छ । जन्मोत्सव कार्यक्रममा विभिन्न कार्यालयका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्