एनसीसी बैंकका ग्राहकलाई हाेटल ओपरामा १५ प्रतिशतसम्म छुट

महेन्द्रनगर । कञ्चनपुरकाे महेन्द्रनगरस्थित हाेटल ओपेराले एनसीसी बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट दिने भएकाे छ । बिहिबार बैंककाे महेन्द्रनगर शाखा र हाेटल ओपराबिच भएकाे सम्झौता अनुसार उत्त छुट सुविधाकाे व्यवस्था गरिएको हाे। बैंककाे महेन्द्रनगर शाखाका रिलेशसनसिप अफिसर राेशन चन्दले बैंकले आफ्ना ग्राहकहरुलाई विशेष सुविधा दिन हाेटलसँग एमओयु गरेकाे बताए ।
उनका अनुसार बैक र होटलविच सम्झौताले एनसीसी बैंकका ग्राहकलाई हाेटल ओपेराको सेवामा छुट दिने सहमती भएको छ ।
हाेटलले खाना, पेय पदार्थ, स्वीमिङ्गपुलमा १० प्रतिशत छुट दिनेछ भने आवाशमा १५ प्रतिशत छुटकाे व्यवस्था गरेको छ । एनसीसी बैंकका ग्रांहकले नगद, डेबिट, क्रेडिट कार्ड, मोबाईल बैंकिङ्गबाट भुक्तानी गर्न सक्नेछन ।
दुई पक्षबिचकाे सम्झौतापछि हाेटेलकाे सेवा लिने एनसिसी बैंकका ग्राहकलाई सहुलियत मिल्ने बैंक अफिसर चन्दकाे भनाई छ ।
उक्त तीन बुँदे सम्झौता हस्ताक्षर कार्यक्रममा बैंकका तर्फबाट शाखा प्रबन्धक खडक सिह मडै, कर्जा प्रमुख राजेन्द्र साउद र होटलका तर्फबाट प्रबन्ध निर्देशक गणेश चटौत, म्यानेजर प्रभात चन्द लगायत बैंक र हाेटलका कर्मचारीको उपस्थिति रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्