खाद्य अधिकारका सवाल चुनावी घोषणा पत्रमा समावेश गर्न राजनीतिक दललाई ज्ञापनपत्र

महेन्द्रनगर । खाद्य अधिकार सञ्चाल कञ्चनपुरले विभिन्न राजनीतिक दललाई ज्ञापनपत्र बुझाएको छ । संञ्जालले आशन्न निर्वाचनमा खाद्य अधिकारका सवालहरु घोषणापत्रमा समावेश गरिनु पर्ने मागसहित राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाएको हो ।
सञ्चालका कञ्चनपुर संयोजक कोमल निरञ्जन भाटले प्रमुख राजनीतिक दलहरुलाई चुनावी घोषणपत्रमा खाद्य अधिकार सम्बन्धि सवाललाई स्थान दिन ज्ञापनपत्र बुझाईएको बताए । उनका अनुसार आईतबार नेकपा –एमाले) र नेपाली कांग्रेसलाई ज्ञापन पत्र बुझाईएको हो ।
ज्ञापनपत्र बुझ्दै नेकपा एमाले कञ्चनपुरका पार्टी अध्यक्ष सुरेन्द्र विष्टले खाद्य अधिकार सबैको चाँसो र सरोकारको विषय भएको बताउँदै यसलाई पार्टीले सम्बोधन गर्ने बताए । उनले आशन्न निर्वाचनको घोषणपत्रमा खाद्य अधिकारका सवाल समावेश हुने र सरकार निर्माणपछि त्यसलाई कार्यान्वयनमा पनि गर्ने प्रतिवद्धता जनाए ।
सञ्जालले कृषीमा यान्त्रिकरण गरि कृषी उत्पादन वृद्धी गर्ने नीति तथा कार्यक्रमलाई प्राथमिकता दिुनपर्ने, कृषीमा विचौलिया प्रवृत्ति अत्य गरि वास्तविक किसानलाई फाईदा हुने नीति ल्याउनुपर्ने, किसान परिचयपत्र वितरण, खाद्य अधिकारको सुनिश्चता, बाँझो जग्गाको उपयोग, कृषी पेशामा आकृषण बढाउने तथा सम्मानीत बनाउनु पर्ने, किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने, भुमी सम्बन्धि समस्याको सिघ्र समाधान गरिनुपर्ने लगायतका मागहरु राखेको छ ।

त्यस्तै ज्ञापनपत्र ग्रहण गर्दै नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सचिव भिमराज भट्टले खाद्य अधिकारका सवाल महत्वपुर्ण विषय भएको बताए । उनले कृषी आधुनिकरणको हुन नसक्दा ठुलो मात्रमा खाद्यन्न आयात गर्नु पर्ने बाध्यता रहेको उल्लेख गर्दै त्यसलाई निरुत्साहित गर्न कृषी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने बताए । साथै उनले पार्टीको घोषणापत्रमा खाद्य अधिकार सवालहरुलाई स्थान दिईने पनि प्रतिवद्दता जनाए ।
याक नेपालका सुदुरपश्चिम संयोजक देवी खनालले तीन वटै तहका सहकारले खाद्य अधिकारको सुनिश्चताका लागि काम गनुपर्ने बताए । याक नेपालले खाद्य अधिकारका क्षेत्रका लामो समयदेखि वकालत तथा पैरवी गर्दै आईरहेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्